भीम रावल र घनश्याम भुसालले गरेनन् खाली कागजमा हस्ताक्षर
नेकपा एमाले संसदीय दलको बैठकमा सोमबार सांसदहरुलाई खाली कागजमा हस्ताक्षर गराइएको छ । उपस्थितिमा हस्ताक्षर गरिसकेका सांसदहरुलाई विभिन्न ६ वटा फाइलमा हस्ताक्षर गराइएको हो ।
हस्ताक्षर गराइएको फाइलको अगाडिपट्टि कुनै व्यहोरा लेखिएको छैन । हस्ताक्षर गरेका एक सांसदले बैठकपछि भने, ‘खाली कागजमा हस्ताक्षर गर्न लगाइयो, हामीले गर्यौं ।’
एमाले स्रोतका अनुसार एमाले नेता भीम रावल र घनश्याम भुसालले भने खाली कागजमा हस्ताक्षर गर्न अस्वीकार गरेका छन् । कुन विषयमा हस्ताक्षर गर्नुपर्ने हो, सो लेखेर ल्याएपछि आफूले विचार गर्ने तर, खाली पानामा हस्ताक्षर नगर्ने बताउँदै उनीहरुले सही गर्न नमानेका हुन् ।
भुसाल र रावलले मात्रै होइन, ९८ मध्ये अन्य केही सांसदले समेत हस्ताक्षर गर्न नमानेको स्रोतले बतायो । यसबारे जानकारी दिँदै एक नेताले भने, ‘भुसाल र रावलजीले हस्ताक्षर नगरेको मलाई थाहा छ, अरु पनि केही सांसदले हस्ताक्षर गर्न मानेका छैनन् भन्ने सुनिएको छ ।
एमालेले सभामुख र केही न्यायायाधीशविरुद्ध महाअभियोग लगाउने प्रयोजनका लागि त्यसरी खाली कागजमा सांसदहरुलाई हस्ताक्षर गराएको स्रोतले बतायो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सरकारी विज्ञापन निजीलाई नदिने सरकारको निर्णय बदर गर्दै सर्वोच्चले भन्यो– मितव्ययिताको नाममा कानुन मिच्न पाइँदैन
-
एक वर्षमा ३० करोडभन्दा बढीको तस्करीका सामान बरामद
-
जापानमा ‘क्रूर गर्मी’ को चेतावनी
-
कांग्रेसको आत्मा र भावना हामीसँगै छ, असहमति राख्नेलाई सिध्याएर अघि बढ्न मिल्दैन: गच्छदार
-
श्रमिकका उजुरी एक घण्टाभित्रै सम्बोधन गर्न निर्देशन
-
कांग्रेसमा निरङ्कुशता र हुकुमीशैली छ : शेखर कोइराला
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण