सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

निर्वाचन आयोगले हप्तामा २ दिन मात्र पत्रकार सम्मेलन गर्ने

सोमबार, ०२ फागुन २०७८, १९ : ५०
सोमबार, ०२ फागुन २०७८

निर्वाचन आयोगले अब हरेक हप्ता दुई दिन पत्रकार सम्मेलन गर्ने जनाएको छ । आयोगले प्रत्येक सोमबार र बिहीबार पत्रकार सम्मेलन गर्ने जनाएको हो । फागुन १ गतेबाट दैनिक पत्रकार सम्मेलनको आयोजना गर्ने जनाएकोमा आयोगले हाललाई उक्त निर्णय स्थगित गरिएको जनाएको छ ।

आयोगले आज एक विज्ञप्ती जारी गर्दै अब प्रत्येक सोमबार र मंगलबार  अपरान्ह ४ बजे आयोगको मिडिया सेन्टरमा पत्रकार सम्मेलन गर्ने जानकारी दिएको हो । सरकारले २०७९ वैशाख ३० गते एकै चरणमा स्थानीय तहको निर्वाचन गर्ने घोषणा गरेपछि आयोगले निर्वाचन सम्बन्धी गतिविधि जानकारी गराउने उदेश्यले हप्तामा दुई दिन पत्रकार सम्मेलन गर्ने बताएको हो । पत्रकार सम्मेलन आयोगका प्रवक्ता तथा सहायक प्रवक्ताले गर्नेछन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप