आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

गरिमा विकास बैंकको ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक

सोमबार, ०२ फागुन २०७८, १८ : ४२
सोमबार, ०२ फागुन २०७८

गरिमा विकास बैंक लिमिटेडले ‘स्वर्णिम निक्षेप योजना’ सार्वजनिक गरेको छ । न्यूनतम एक हजार रुपैयाँ मौज्दातमा शुरू गर्न सकिने ‘स्वर्णिम निक्षेप योजना’ एक क्रमिक (रिकरिङ्ग) निक्षेप खाता रहेको बैंकले जनाएको छ । 

बैंकका अनुसार यस निक्षेप योजनाअन्तर्गत पाँच वर्ष वा सो भन्दा बढी अवधिको निक्षेप खाता खोली वार्षिक मुद्दती बराबरको ब्याजदरको फाइदा लिन सकिनेछ । साथै, योजना अवधिभित्र आफ्नो अनुकूलका अनुसार जति पनि रकम जम्मा गर्न सकिने र  आफूले जम्मा गरेको हरेक रकममा त्यस समयको मुद्दती बराबरको ब्याजदर पाइने पनि बैंकले जनाएको छ । 

बैंकले ‘स्वर्णिम निक्षेप योजना’ अन्तर्गत उच्चतम ११.५५ प्रतिशत ब्याजदर दिनेछ । यस निक्षेप खातामा लगानी गर्दै उत्कृष्ट प्रतिफल लिन इच्छुक, तर एकमुष्ट ठूलो रकम जम्मा गराउन सम्भव नभएका ग्राहकवर्गका लागि समेत क्रमिक रूपमा रकम जम्मा गर्न सकिने स्वर्णिम निक्षेप योजना निकै उपयोगी सावित हुने बैंकको दाबी छ । 

हाल गरिमा विकास बैंकले देशका ३७ जिल्लामा ११८ शाखा कार्यालयहरू, २ एक्स्टेन्सन काउण्टर र ५१ एटीएममार्फत आफ्ना ग्राहकहरूलाई सरल, सुरक्षित एवम् गुणस्तरीय बैकिङ्ग सुविधा दिँदै आइरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप