मधेशमा सुशासन कायम गर्न प्रशिक्षण केन्द्रको स्थापनाः मुख्यमन्त्री राउत
मधेश प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले मधेश प्रदेशमा सुशासन कायम गर्न प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्र स्थापना गरिएको बताएका छन् । सोमबार जनकपुरधाम स्थित मुजेलियामा स्थापना गरिएको प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रको उद्घाटन गर्दै मुख्यमन्त्री राउतले स्थापना गरिएको केन्द्रले सुशासन कायम गर्न कोशेढुंगा साबित हुने विश्वास व्यक्त गरे ।
मुख्यमन्त्री राउतले प्रदेशका जनप्रतिनिधि र राष्ट्रसेवक कर्मचारीहरुलाई प्रशिक्षण मार्फत प्रदेशमा सुशासन कायम गर्न महत्वपूर्ण भूमिका निर्वाह गर्ने बताए ।
एक महिना अघि स्थापना भएको प्रशिक्षण केन्द्रलाई प्रदेशकै नमूना अध्ययन अनुसन्धान केन्द्रको रुपमा विकास गर्ने लक्ष्य रहेको उल्लेख गर्दै उनले त्यसका लागि आवश्यक पूर्वाधारको विस्तृत योजना तयार पार्न निर्देशन समेत दिए ।
केन्द्रले तालिम मात्र नभई मधेशका विभिन्न पक्षबारे अनुसन्धानको नीति समेत लिने उल्लेख गर्दै उनले अध्ययन अनुसन्धान गर्न चाहने देशी विदेशी नागरिकका लागि समेत आकर्षणको केन्द्र बनाउने प्रदेश सरकारको योजना रहेको स्पष्ट पारे ।
प्रदेश अनुसन्धान तथा प्रशिक्षण केन्द्रका कार्यकारी निर्देशक सतार अन्सारीको अध्यक्षतामा भएको यस कार्यक्रममा प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्ष डा. भोगेन्द्र झा, प्रमुख सचिव कृष्ण बहादुर राउतलगायतकाले बोलेका थिए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
फेसबुक र इन्स्टाग्राम लगायतका सामाजिक सञ्जाल दर्ता हुन नआए प्रतिबन्ध लगाउँछौँ : मन्त्री गुरुङ
-
पूजाको शानदार अर्धशतक, नेपालद्वारा १ सय ४६ रनको लक्ष्य प्रस्तुत
-
नेपाल एयरलाइन्सको तीन दिनलाई बेङ्लोर उडान परिवर्तन
-
भारतीय नागरिकलाई भन्सार एजेन्टका रूपमा राखेका कारण बेथिति सिर्जना भयो : सांसद थापा
-
अमेरिकामा ट्रान्सजेन्डर खेलाडीले महिलाको श्रेणीमा खेल्न नपाउने
-
मिलनको ‘काली’ मा समिक्षाको अभिनय