आइतबार, ०६ जेठ २०८१
ताजा लोकप्रिय

जुम्ला विमानस्थलको धावनमार्ग विस्तार गरिने

सोमबार, ०२ फागुन २०७८, १८ : २२
सोमबार, ०२ फागुन २०७८

जुम्ला विमानस्थलको धावनमार्ग विस्तार गरिने भएको छ । जुम्ला विमानस्थल स्तरोन्नती तथा ठुला जहाज अवतरणका लागि धावनमार्ग विस्तार गर्न लागिएको हो । 
धावनमार्ग विस्तारका लागि सोमबार संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्री प्रेमबहादुर आले र कर्णालीका भौतिक पूर्वाधार तथा सहरी विकास मन्त्री पदमबहादुर रोकायाबीच पहिलो चरणको छलफल सम्पन्न भएको छ ।  
दुई मन्त्रीबीच काठमाडौंमा भएको छलफलपछि जुम्ला विमानस्थलको तीन सय मिटरसम्म धावनमार्ग तत्काल विस्तार गर्ने सहमति भएको छ । 

विमानस्थल स्तरोन्नती गरी ठुला जहाज अवतरण गराउने उद्देश्य अनुरुप धावनमार्ग विस्तारका लागि तत्काल पहल गर्ने पर्यटन मन्त्री आलेले प्रतिवद्धता जनाएका छन् ।  
कर्णालीका भौतिक पूर्वाधार मन्त्री रोकायाका प्रमुख स्वकिय सचिव अमर रोकायाका अनुसार विमानस्थलको धावनमार्ग विस्तारका लागि सर्वेक्षण गर्न पर्यटन मन्त्री आलेले तत्काल प्राविधिक टोली खटाउने बताएका छन् । धावनमार्ग विस्तारका लागि प्राविधिक टोलीको सर्वेक्षणपछि जग्गा व्यवस्थापन प्रक्रिया अघि बढ्नेछ । 

‘जुम्लाको माग र आवश्यकतालाई हेरेर ठुला जहाज अवतरण गराउने ध्येयले विमानस्थल स्तरोन्नतीको पहल भइरहेको छ’ कर्णालीका भौतिक पूर्वाधार मन्त्री रोकायाले भने, ‘तत्काल तीन सय मिटर धावनमार्ग विस्तार गर्दै थप स्तरोन्नतीको प्रक्रिया क्रमश अघि बढ्नेछ ।’

हाल जुम्ला विमानस्थलको धावनमार्ग ६ सय ७५ मिटर छ । जसका कारण साना कार्गो जहाज मात्रै अवतरण हुदै आएका छन् । विमानस्थलको धावनमार्ग १५ देखि १८ सय मिटरसम्म विस्तार गर्नसके ठुला जहाज सजिलै अवतरण गर्न सकिने संभावना छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप