लुम्बिनीका थप पाँच स्थानमा एभरेष्ट बैंकका शाखा
एभरेष्ट बैंक लिमिटेडले लुम्बिनीका थप पाँच स्थानमा नयाँ शाखा उद्घाटन गरेको छ । फागुन १ गते खैरेनी, योगिकुटी र मणिग्राम तथा फागुन २ गते जीतपुर र मुर्गियामा नयाँ शाखा उद्घाटन गरेको बैंकले जानकारी दिएको छ ।
ती शाखाहरूको उद्घाटन एभरेष्ट बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) सुदेश खालिङ र सम्बन्धित वडाका वडाध्यक्षहरूले संयुक्त रूपमा गरेका हुन् । उद्घाटन समारोहमा एभरेष्ट बैंक लुम्बिनी प्रदेशका प्रादेशिक–प्रबन्धक अनिलकुमार कार्की, बैंकका बजार विभाग प्रमुख पुष्पराज उप्रेती लगायत उपस्थित थिए । शाखा उद्घाटन समारोहमा सीईओ खालिङले लुम्बिनी प्रदेशका बासिन्दालाई अत्याधुनिक तथा गुणस्तरीय बैंकिङ्ग सेवा प्रदान गराउने आश्वासन व्यक्त गरे ।
बैंकले ग्राहकसंख्या १२ लाख पुगेको, देशभर ११० शाखा सञ्जाल विस्तार गरेको, प्रादेशिक कार्यालय, १४३ एटीएमसहित विश्वव्यापी नेटवर्कबाट अत्याधुनिक मोबाइल र इन्टरनेट र एटीएम बैकिंग सुविधा प्रदान गर्दै आइरहेको जनाएको छ । बैंकले नेपाल सरकारको राजस्व संकलनको लागि ३१ वटा संकलन केन्द्रबाट समेत सेवा दिँदै आइरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीको चीन भ्रमण स्कीकृत
-
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका : पकड गुम्न नदिने माओवादीको रणनीति, खोस्ने दाउमा कांग्रेस–एमाले
-
विद्युत् खरिदको रकमबाट बक्यौता कटाउने कुलमानको पत्र
-
नक्कली यौनवर्धक औषधी उत्पादन गरेको आरोपमा ३ जना पक्राउ
-
रविको समर्थनमा त्रिभुवन विमानस्थलमा प्रदर्शन, तस्बिरहरू
-
लोसपा महाधिवेशनको तयारीमा, पदाधिकारीलाई तोक्यो जिम्मेवारी