सोमबार, १७ असार २०८१
ताजा लोकप्रिय

रेखाको ‘कोर्ट म्यारिज’

सोमबार, ०२ फागुन २०७८, १८ : १३
सोमबार, ०२ फागुन २०७८

अभिनेत्री रेखा थापाले ‘कोर्ट म्यारिज’ गरेकी छिन् । करिब दुई हप्ताअघि अमेरिका निवासी बलराम शाही ठकुरीसँग थापाले  काठमाडौं जिल्ला अदालत मा कोर्ट म्यारिज गरेको उनीनिकट स्रोतले रातोपाटीलाई बतायो । अब केही महिनामा औपचारिक रुपमा विवाह गर्ने उनीहरुको तयारी रहेको बुझिएको छ ।

केही समयअघि एक टेलिभिजनसँगको अन्तर्वार्ताको क्रममा रेखा थापाले आफू २०७९ सालभित्र विवाह बन्धनमा बाँधिन सक्ने बताएकी थिइन् । कार्यक्रममा फिल्म उद्योग भन्दा बाहिरको व्यक्तिसँग घरजम गर्ने योजना रहेको सुनाएकी रेखाले अबको श्रीमान् मन र कुरा मिल्ने हुनुपर्ने इच्छा समेत राखेकी छन् । निर्माता छविराज ओझासँग सम्बन्ध विच्छेदपछि एक्लो जीवन बिताउँदै आएकी रेखालाई पछिल्लो समय सार्वजनिक कार्यक्रम होस् वा टेलिभिजन अन्तर्वार्ता विवाहको प्रश्नले पछ्याउने गरेको थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप