बिहीबार, २० वैशाख २०८१
ताजा लोकप्रिय

रुपन्देहीमा दुई गाउँपालिका अध्यक्ष एमालेमा प्रवेश

सोमबार, ०२ फागुन २०७८, १८ : ०४
सोमबार, ०२ फागुन २०७८

रुपन्देही जिल्लाको ओमसतिया गाउँपालिका प्रमुख हिरा केवट‘राहुल’ र रोहिणी गाउँपालिकाका प्रमुख सनोजकुमार यादव  नेकपा एमालेमा प्रवेश गरेका छन्  । यस्तै ओमसतिया गाउँपालिकाकी उपप्रमुख सुन्दरीमती कुमारी हरिजन पनि एमालेले प्रवेश गरेकी छन् । उनीहरूलाई आज एक समारोहका बीच  एमालेका उपाध्यक्ष तथा पूर्व अर्थमन्त्री विष्णु पौडेलले पार्टीमा स्वागत गरेका छन् ।

केवट र हरिजन माओवादी केन्द्रबाट हुन् । भने यादव तत्कालीन मधेसी जनअधिकार फोरम र हालको जनता समाजवादी पार्टी (जसपा) बाट निर्वाचित अध्यक्ष हुन् । २०७४ सालको स्थानीय तह निर्वाचनमा रुपन्देहीका १६ पालिकामध्ये ओमसतियामा मात्र माओवादीले जितेको थियो । ति दुवै अहिले एमाले प्रवेश गरेका छन् । अर्को सनोज रूपन्देही क्षेत्र नम्बर ४ बाट निर्वाचित काँग्रेस प्रतिनिधिसभा सदस्य प्रमोदकुमार यादवका सहोदर भाइ हुन् ।  

। अध्यक्ष, उपाध्यक्ष र सहित विभिन्न पार्टी परित्याग गरी एमालेमा प्रवेश गराउँदै उपाध्यक्ष पौडेलले २०७४ सालमा जस्तै एमालेको देशव्यापी जनलहर बढेको दाबी गर्दै एमाले  जनताको मन जित्ने काम गरेको बताए । पछिल्ला दिनमा दल बदलको क्रम वृद्धि भएको छ । गत बिहीबार सम्मरीमाई गाउँपालिकाका अध्यक्ष जीतेन्द्रनाथ शुक्ला बब्लु माओवादी केन्द्रमा प्रवेश गरेका थिए

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप