शुक्रबार, २८ वैशाख २०८१
ताजा लोकप्रिय

धितोपत्र बोर्डको अध्यक्षका लागि अन्तिम तीन जनाको नाम सिफारिस

सोमबार, ०२ फागुन २०७८, १७ : ४४
सोमबार, ०२ फागुन २०७८

नेपाल धितोपत्र बोर्ड (सेबोन) को अध्यक्ष लागि अन्तिम तीन जनाको नाम छनौट भएको छ । धितोपत्र बोर्डको अध्यक्ष नियुक्तिका लागि गठित सिफारिस तथा छनोट समितिले कृष्णराज पोखरेल, डा. गोपाल भट्ट र रमेश हमालको नाम छनौट गरेको हो ।

योसँगै समितिले उक्त तीन अन्तिम नामावली अध्यक्ष छनौटका लागि अर्थ मन्त्रालयलाई सिफारिस गर्नेछ र मन्त्रालयले मन्त्रिपरिषद्मा पेस गर्ने छ । सोही मध्येबाट एक जनालाई मन्त्रीपरिषद्ले अध्यक्ष नियुक्त गर्नेछ । धितोपत्र बोर्डको अध्यक्षका लागि १५ जनाले आवेदन दिएका थिए । सोमध्येबाट छनोट समितिले यसअघि प्रारम्भिक चरणमा पाँच जनाएको नाम सर्ट लिस्टमा छनोट गरेको थियो । जसमा निरज गिरी, गोपालप्रसाद भट्ट, खगेन्द्र कटुवाल, रमेशकुमार हमाल र कृष्णराज पोखरेल छनोटमा परेका थिए । यी पाँच मध्येबाट समितिले गिरी र कटुवाको नाम कटौती गर्दै अन्तिम तीन नामावली छनोट गरेको हो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप