सोमबार, ०१ पुस २०८१
ताजा लोकप्रिय

ट्रम्पले व्यक्तिगत फाइदाका लागि प्रयोग गरेका थिए राष्ट्रपतिको पद

सोमबार, ०२ फागुन २०७८, १७ : ३१
सोमबार, ०२ फागुन २०७८

अमेरिकाका पूर्व राष्ट्रपति डोनाल्ड ट्रम्पको विवादको गहिरो नाता रहेको छ । प्रायजसो कुनै न कुनै विवादका कारण शीर्षक बन्दै आएका ट्रम्प एक पटक फेरी चर्चामा छन् । आरोप छ कि उनले अमेरिकाको पूर्व राष्ट्रपतिको रुपमा आफ्नो पहिचानको प्रयोग व्यक्तिगत फाइदका लागि गरेका छन् । ट्रम्पले पोलिटिकल फन्डको रेजिङका लागि जुन कार्यक्रम गरेका थए त्यो पैसा उनको खल्तीमा गयो ।

न्यूूयोर्क टाइम्सको रिपोर्ट अनुसार ट्रम्प गत वर्ष डिसेम्बरमा नेपल्स (इटाली) को एक क्रिसमस पार्टीमा समावेश भएका थिए । यो पार्टिमा समावेश भएको र उनीसँग तस्बिर क्लिक गराएको बदलामा १० हजार डलरदेखि ३० हजार डलरसम्म लिइएको थियो । यो पैसाको प्रयोग राजनीतिक कार्यक्रम र परोपकारी कामका लागि हुनु पर्ने थियो । तर यो सबै पैसा ट्रम्पको बैंक खातामा गएको थियो ।

च्यारिटीमा कुनै कारण बताइएको छैन

पार्टिमा रहेका मानिसले बताएकि उनले एक निजी कम्पनीको ह्विप फन्डराइजिङबाट टिकट खरिद गरेका थिए । यो कम्पनीका संस्थापक ब्राड केल्टनरको दाबी छ कि यो कार्यक्रमको ठूलो हिस्सा परोपकारी कामका लागि दिइएको थियो । जबकी यसको विज्ञापन गर्ने वेबसाइटमा परोपकाकरो कुनै कारण बताइएको छैन । केल्टनरले जब यस कुराको विषयलाई लिएर प्रश्न सोधे उनले यस मुद्धामा कुरा गर्न अस्वीकार गरे । यसका अलावा ट्रम्पले आफ्नो परिचयबाट फाइदा उठाउन कयौँ भेन्चर पनि सुरु गरे ।

अमेरिकाका कयौँ पूर्व राष्ट्रपतिले उठाए फाइदा

ट्रम्प बाहेकका अन्य पूर्व अमेरिकी राष्ट्रपतिले आफ्नो पहिचान आर्थिक रुपमा परिवर्तन गरेका थिए । बाराक ओबामा र मिशेल ओबामाले ६ करोड ५० लाख डलरमा एक संयुक्त बुक डिल गरेका थिए । यसैगरी बिल र हिलारी क्लिनटनले पनि आफ्नो भाषणको माध्यमबाट २०१५ सम्म १५ करोड ३० लाख डलरको कमाई गरेका थिए । जर्ज बुसलाई पनि स्पिकिङ सर्किटको राम्रो फाइदा मिलेको थियो । तर यी सबै बावजुद ट्रम्प आफ्नो पहिचानलाई पैसामा परिवर्तन गर्न धेरै प्रतिबद्ध देखिएका छन् ।

ट्रम्प राष्ट्रपति बन्नु भन्दा अघि पनि थिए धनी

ट्रम्पका प्रवक्ता टेलर बुडोभिचले यी सबै आरोपप्रति भने–ट्रम्प सार्वजनिक पद पाउनु भन्दा पहिले पनि धनी थिए । राष्ट्रपति पद छोडेपछि सामान्य मानिसमा उनीसँग जोडिएको आइडिया र प्रडक्टको माग कायमै  रहेको छ । यस्तो राजनीतिमा पहिले कहिले पनि भएको थिएन । संघीय चुनाव  आयोगका पूर्व जनरल काउन्सीलर नोबलले भने,‘ट्रम्पको बारेमा जुन कुरा फरक छ, उनी पैसा कमाउने प्रत्येक कुरामा समावेश हुदै आएका छन् ।
यस्तो लाग्छ कि जसरी  भए पनि उनी प्रत्येक समयमा फाइदा कसरी हुन्छ भन्ने सोच्छन् ।

ट्रम्पसँगको सोधपुछ राजनीतिबाट प्रेरित

डोनाल्ड ट्रम्पको व्यवसाय न्यूयोर्कको म्यानहाटन डिस्ट्रिक्ट अटोर्नी र स्टेट अटर्नी जनरलका लागि पनि जाँचको विषय हो । यसमा ट्रम्पका छोरा एरिक ट्रम्पले भनेका छन्,‘यो सोधपुछ राजनीतिबाट प्रेरित रहेको छ । न्युयोर्कका अटोर्नी जनरल लेटिटिया जेम्सले आफ्नो प्रचारमा उनलाई कानुनी प्रक्रिया चलाउने प्रतिबद्धता समेत व्यक्त गरेका थिए । यस किसिमको मामिला तेस्रो विश्वका मुलुकमा देखिने गरेको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप