‘प्रेमगञ्ज’ मा बेनिशाको बोल्ड लुक्स
![‘प्रेमगञ्ज’ मा बेनिशाको बोल्ड लुक्स](https://rpcdn.ratopati.com/media/albums/273186558_1053307081915992_3382641408950047263_n_KuXdI7qX62.jpg)
‘प्रेमगञ्ज’ अभिनेत्री बेनिशा हमालको मुख्य भूमिका रहेको फिल्म हो । निर्माण युनिटले ‘भ्यालेन्टाइन डे’को अवसर पारेर फिल्मको क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा अभिनेत्री बेनिशा बोल्ड अवतारमा पनि निकै सुन्दर देखिएकी छन् ।
परिच्छेद सेनको लेखन तथा निर्देशन रहेको फिल्म आगामी जेठबाट सार्वजनिक प्रदर्शनमा आउँदैछ । लक्ष्यअनुसार हाल पोस्ट प्रोडक्सनको काम भइरहेको निर्देशक परिच्छेद सेनले जानकारी गराए ।
फिल्मबाट तेज गिरी अभिनयमा डेब्यू गर्दैछन् । तेज पेसाले बैंकर हुन् । तेज र बेनिशाको अलवा फिल्ममा सम्पदा बानियाँ, पवन भट्टराई, सुप्रिया खनाल, राइडर प्रशान्त, सिमरन खड्का, नरेश पौडेल, रश्मी भट्ट, सन्जोग रसाइली, गीता अधिकारीको लगायतको कलाकारको अभिनय देख्न सकिन्छ ।
चलचित्र चौतारीको प्रस्तुति रहेको फिल्मका कार्यकारी निर्माता अनन्तमान श्रेष्ठ हुन् । सञ्जय लामाको छायांकन रहेको फिल्मको लागत डेढ करोड बताइन्छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सीआईबी अनुसन्धानले देखायो देशभरका हजारौँ व्यापारीले तस्करीको सुन किनेको तथ्य
-
कांग्रेस कार्यसम्पादन समिति बैठक बस्दै, यस्ता छन् छलफलका एजेन्डा
-
ठेउलेखोलामा आएको बाढीले कालीगण्डकी करिडोर अवरुद्ध
-
एकीकृत समाजवादीको महाधिवेशन : आजबाट नयाँ नेतृत्व चयन प्रक्रिया सुरु हुने
-
गृहमन्त्री लामिछानेविरुद्धको रिटमा आज पनि सुनुवाइ
-
नारायणगढ–बुटवल सडक पूर्वी खण्डमा ५२ प्रतिशत काम