कोरोना संक्रमणबाट ज्यान गुमाउनेको शव व्यवस्थापन गर्ने सैनिकले समेत पाएनन् बिमा रकम
कोरोना महामारी नियन्त्रण गर्न अग्रपंक्तिमा खटिएको नेपाली सेनाले संक्रमित भएपछि पाउने बिमा रकम नपाएपछि प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालयलाई गुहारेको छ । कोरोना संक्रमणका कारण मृत्यु भएकाको शव व्यवस्थापनमा खटिएका सेना संक्रमित हुँदा समेत बिमा रकम पाउन सकेका छैनन् ।
नेपाली सेनाले रक्षा मन्त्रालयमार्फत प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयलाई पत्र लेखि बिमा बापतको रकम उपलब्ध गराइदिन आग्रह गरेको हो । संक्रमित भएका सैनिकले बिमा रकम दाबी गरेको लामो समय बितिसक्दा पनि पाउन सकेका छैनन् । बिमा रकम निकासा नभएपछि सेनाले सहजीकरण गरिदिन प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र अर्थ मन्त्रालय गुहारेको हो ।
नेपाली सेनाका प्रवक्ता तथा सहायक रथी नारायण सिलवालका अनुसार हालसम्म ५ हजार ८६९ जना सैनिकले कोरोना संक्रमण भए वापत बिमा रकम दाबी गरेका छन् । ‘बिमाको लागि आवेदन दिनेमध्ये ५ हजार ४६५ जनाको फाइल स्वीकृति भएको छ भने ४०४ जनाको फाइल स्वीकृत हुने क्रममा छ,’ सैनिक प्रवक्ता सिलवालले भने ।
बिमा दाबी गर्नेमध्ये हालसम्म ९०१ जना सैनिकले मात्रै बिमा वापतको रकम प्राप्त गरेका छन् । बिमा वापत प्रत्येकलाई एक लाख रुपैयाँ उपलब्ध गराइएको छ । अर्थात हालसम्म कोरोना संक्रमण भएकामध्ये ९०१ सैनिकले ९ करोड १ लाख रुपैयाँ प्राप्त गरेका छन् ।
सैनिक प्रवक्ता सिलवालका अनुसार अझै ४ हजार ५६४ जना सैनिकले कोरोना बिमा वापतको रकम पाएका छैनन् । उनीहरूले पाउनु पर्ने बिमा रकम ४५ करोड ६४ लाख रुपैयाँ रहेको छ । कोरोना महामारी नियन्त्रणमा नेपाली सेनालाई अग्रपंक्तिमा खटाइएको थियो । चीनबाट उद्धार गरी नेपालीलाई स्वदेश फर्काउने, क्वारेन्टिन सञ्चालन गर्ने, क्वारेन्टिन निर्माण गर्ने, कोरोनाबाट मृत्यु भएकाको शव व्यवस्थापनसम्मको जिम्मेवारी सेनालाई दिइएको थियो ।
विश्वमा पहिलो पटक कोरोना संक्रमण सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको हो । नेपालमा पहिलो कोरोना संक्रमित ९ माघ २०७६ मा भेटिएका थिए । त्यसयता हालसम्म नेपालमा ११ लाख ४७१ जनामा कोरोना संक्रमण पुष्टी भइसकेको छ ।
नेपालमा रहेका संक्रमितमध्ये ९ लाख ३८ लाख ५८३ जना निको भइसकेका छन् । कोरोनाका कारण नेपालमा हालसम्म ११ हजार ८९२ जनाको मृत्यु भएको छ । -न्युज कारखाना
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
प्रधानमन्त्रीसँग ८७ जना चीन भ्रमणमा जाने
-
दुर्गा प्रसाईँ हरिसिद्धी अस्पतालमा भर्ना
-
प्रधानमन्त्रीको चीन भ्रमण स्कीकृत
-
महेन्द्र राजमार्गको कमला–कञ्चनपुर चिनियाँ कम्पनीले अवैध उत्खनन गरेको भन्दै सर्वोच्चमा रिट
-
रुकुम पूर्वको पुथा उत्तरगंगा गाउँपालिका : पकड गुम्न नदिने माओवादीको रणनीति, खोस्ने दाउमा कांग्रेस–एमाले
-
विद्युत् खरिदको रकमबाट बक्यौता कटाउने कुलमानको पत्र