२७ औं जनयुद्ध दिवस प्रवासमा पनि मनाइयो
नेकपा माओवादी सम्बद्ध प्रवासी संगठन नेपाली जनप्रगतिशील मञ्चले २७ औं जनयुद्ध दिवस मनाएको छ । दिवसको अवसरमा मञ्चले शुभकामना आदानप्रदान कार्यक्रम गर्दै हालको परिवर्तनमा जनयुद्धको भूमिकाको विषयमा चर्चा परिचर्चा गरियो ।
नेपाली जनप्रगतिशील मन्च युरोपले गरेको भर्चुअल शुभकामना आदान प्रदान कार्यक्रममा बोल्ने वक्ताहरूले जनयुद्ध शुरु गर्दाका सपनाहरु भुल्न नहुनेमा जोड दिए । उनीहरुले राष्ट्रियता र जनतन्त्रको पक्षमा पार्टी इमान्दार पूर्वक लागिरहेको र भविष्यमा खरो उत्रने विश्वास व्यक्त गरे ।
प्रवास समन्वय समितिका अध्यक्ष ओम शर्माले माओवादीकै कारण नेपालमा गणतन्त्र आएको बताउँदै देश विकासको लागि पनि माओवादी शक्तिको विकल्प नभएको धारणा राखे । यसैगरी प्रवास समन्वय समितिका सचिव टिवी पाठक, युरोपका संगठन विभाग प्रमुख उदयराज गौतम, महिला समिति संयोजक सुस्मा भुसाल तथा विभिन्न देशका अध्यक्ष, पदाधिकारी तथा प्रतिनिधिले जनयुद्धका वाचा बिर्सन नहुने भन्दै पार्टी नेतृत्व गम्भीर हुनुपर्ने भनाई राखे ।
मञ्चका युरोप अध्यक्ष सुरेन्द्र भूषालको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत प्रवक्ता सागर पोखरेलले र सन्चालन सचिव रण खाती क्षेत्रीले गरेका थिए ।
यस्तै जापानलगायतका देशमा पनि जनयुद्ध दिवस शुभकामना आदानप्रदान गर्दै मनाइएको छ ।
२०५२ साल फागुन १ गते तत्कालिन नेकपा माओवादीले देशमा जनयुद्ध शुरु गरेको थियो । उक्त दिवसको अवसरमा देश विदेशमा विभिन्न कार्यक्रम गरेर सहिद र योद्धाहरुप्रति सम्मान व्यक्त गरिँदै आइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान