बिहीबार, ०३ माघ २०८१
ताजा लोकप्रिय

१०१ अंकको पहिरोपछि थामियो नेप्से, कारोबार खुम्चियो

सोमबार, ०२ फागुन २०७८, १५ : ४२
सोमबार, ०२ फागुन २०७८

आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्धको महाभियोग प्रस्ताव दर्तापछि १०१ अंकले घटेको सेयर बजारमा सोमबार भने स्थिरता कायम भएको छ । नेपाल स्टक एक्सचेन्जका अनुसार आज सामान्य शुन्य दशमलव ०८ प्रतिशतले मात्र नेप्से बढ्दै २७ सय दशमलव ९८ विन्दुमा अडिएको हो । 

तर, आज यता क वर्गको सेन्सेटिभ इन्डेक्स भने शुन्य दशमलव ३६ अंकले घट्दै ५११ दशमलव ३० अंकमा झरेको छ । यस दिन बैंकिङ, ट्रेडिङ, निर्जीवन बीमा, म्यानु एण्ड प्रो र मुचुअल फन्ड समूहको उपसूचक ऋणात्मक भएका छन् भने बाँकी सबै उपसूचक धनात्मक भएका छन् । 

यद्यपि, अघिल्लो दिनको तुलनामा आज कारोबार रकममा संकुचन आएको छ । शुन्य दशमलव ०८ प्रतिशतले बढेको बजारमा आज तीन अर्ब ६८ करोड ४० हजार रुपैयाँ बराबरको कारोबार भएको छ । अघिल्लो दिन १०१ अंकले घटेको बजारमा ५ अर्ब ९७ करोड ७२ लाख रुपैयाँको कारोबार भएको थियो । 

यस दिन बुद्धभूमि नेपाल हाइड्रोपावर कम्पनी लिमिटेडका लगानीकर्ताहरूले सबैभन्दा बढी ८.१३ प्रतिशतले कमाएका छन् भने मैलुङ खोला जलविद्युत कम्पनी लिमिटेडका लगानीकर्ताहरूले अधिकतम ३.८५ प्रतिशतले गुमाएका छन् ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप