गठबन्धनले अस्थिरता निम्त्याउन खोज्यो : केपी ओली

नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले अस्वभाविक र कृतिम रुपमा बनेको गठबन्धनले राजनीतिक अस्थिरता निम्त्याएको बताएका छन् । सोमबार बसेको एमाले संसदीय दलको बैठकमा पछिल्लो राजनीतिक घटनाक्रमबारे ब्रिफिङ गर्दै अध्यक्ष ओलीले प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणाविरुद्ध महाभियोग प्रस्ताव दर्ता गरेर गठबन्धनले मुलुकमा अस्थिरता निम्त्याउन खोजेको बताएका हुन् ।
‘तपाईहरुलाई थाहै छ । आकस्मिक रुपमा दलको बैठक किन बोलाइयो भन्ने । आज मुलुकमा अस्वभाविक र कृतिम रुपमा बनेको गठबन्धनले अस्थिरता निम्त्याउन खोजिरहेको छ’,अध्यक्ष ओलीले स्थानीय चुनाव सार्ने योजना अनुरुप गठबन्धनले यस्तो षड्यन्त्र गरेको बताए ।
त्यस्तै अध्यक्ष ओलीले नेकपा एमाले जिम्मेवार राजनीतिक पार्टी भएको भन्दै एमालेले जिम्मेवार ढंगले नै आफ्नो भूमिका निर्वाह गर्नुपर्ने बताए । ‘एमाले जिम्मेवार पार्टी हो । त्यसैले यसले जिम्मेवारपूर्ण कदम चाल्नुपर्छ । आवेश र उत्तेजनामा आएर कुनै निर्णय गर्दैन’, बैठकमा ओलीले भनेका छन् । साथै उनले एमालेलाई कमजोर बनाउन गठबन्धनले अझै षड्यन्त्रहरु गरिराख्ने भएकाले सचेत हुन जरुरी रहेको पनि बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
नयाँ वर्षको शुभकामना दिँदै प्रचण्डले भने, ‘सरकारले दलाल र विचौलियाको पक्षमा निर्णय लिँदा जनआक्रोश बढ्यो’
-
चरिकोटमा ‘सडकमा खाऊँ, सडकमै रमाऊँ’महोत्सव
-
‘एभियोट्रेस नेपाल स्कुल अफ टेक्नोलोजी’ विरुद्ध उच्च अदालत पाटनमा रिट
-
परराष्ट्रमन्त्रीसहित १५ देशका राजदूत कन्याममा
-
पूर्वराजा ज्ञानेन्द्र र मोदीको भारतमै विरोध
-
मण्डलामा सुनिए मञ्जुल, अभि सुवेदी र एलिसा एकलास