चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको गाडी तोडफोड गरेको आरोपमा ५ जना पक्राउ
चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी चढेको गाडी तोडफोड गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । माघ १३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछाडी चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. गिरी चढेको गाडीमा अज्ञात समूहले ढुंगा हानेका थिए ।
गाडी तोडफोड गर्नेहरुलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ । पक्राउ गरेको १ साता बितेको छ । तर, प्रहरीले आरोपीहरुको नाम सार्वजनिक गरेको छैन् । महानगरीय प्रहरी प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरीले अनुसन्धान जारी भएको बताए । उनले भने–‘त्यो विषय अनुसन्धानकै क्रममा छ ।’
आयोगको कार्यालय सानोठिमी भक्तपुर जाँदा अन्तर्राष्ट्रिय विमानस्थल पछाडी काँडाघारीमा गिरी चढेको प्रदेश–३–०१ ००२ झ ४९१५ नम्बरको गाडीलाई ढुंगा प्रहार गरिएको थियो । ढुंगा प्रहारबाट गाडीको पछाडीको सिसा फुटेको छ । सो घटनापछि गिरीलाई व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) दिइएको छ ।
चीनमा चिकित्सा शिक्षा पढेर इन्टनसीप पूरा गर्न नपाएका विद्यार्थी र अतिरिक्त शुल्कको विषयमा एमबीबीएस लगायतका विद्यार्थी आयोगबिरुद्ध आन्दोलनमा छन् । यसअघि चीनबाट फर्केका इन्टनसीप पुरा गर्न बाँकी विद्यार्थीले गिरीमाथी दुव्यवहारको प्रयास गरेका थिए । उनिमाथी पटक पटक आक्रमण प्रयास हुँदै आएको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कांग्रेसले मुख्यमन्त्री कँडेलविरूद्ध अविश्वास प्रस्तावको पक्षमा मतदान गर्ने
-
साउन २९ गते कांग्रेस संस्थापन इतरपक्षले बोलायो राष्ट्रिय भेला
-
बंगलादेशमा दादुराबाट थप ६ जनाको मृत्यु
-
एनआरएनए पूर्वअध्यक्ष शर्माद्वारा भूमि प्रशासन कार्यालय चितवनको शौचालय पुनर्निर्माण गरेर हस्तान्तरण
-
एमालेका मन्त्रीहरूको राजीनामापछि अल्पमतमा बागमती सरकार
-
आन्दोलनमा ध्वस्त भएका सिंहदरबार र सर्वोच्च अदालत कसरी हुँदैछ पुनर्निर्माण ?
Games
एक्सक्लुसिभ स्टोरी
युनिकोड
मिति रूपान्तरण