शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

चिकित्सा शिक्षा आयोगका उपाध्यक्षको गाडी तोडफोड गरेको आरोपमा ५ जना पक्राउ

सोमबार, ०२ फागुन २०७८, १४ : १०
सोमबार, ०२ फागुन २०७८

 चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. श्रीकृष्ण गिरी चढेको गाडी तोडफोड गरेको आरोपमा प्रहरीले ५ जनालाई पक्राउ गरेको छ । माघ १३ मा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल पछाडी चिकित्सा शिक्षा आयोगका उपाध्यक्ष प्रा.डा. गिरी चढेको गाडीमा अज्ञात समूहले ढुंगा हानेका थिए ।

गाडी तोडफोड गर्नेहरुलाई महानगरीय प्रहरी वृत नयाँ बानेश्वरमा राखिएको छ । पक्राउ गरेको १ साता बितेको छ । तर, प्रहरीले आरोपीहरुको नाम सार्वजनिक गरेको छैन् । महानगरीय प्रहरी प्रहरी परिसर काठमाडौंका एसएसपी सुदिप गिरीले अनुसन्धान जारी भएको बताए । उनले भने–‘त्यो विषय अनुसन्धानकै क्रममा छ ।’

आयोगको कार्यालय सानोठिमी भक्तपुर जाँदा अन्तर्राष्ट्रिय विमानस्थल पछाडी काँडाघारीमा गिरी चढेको प्रदेश–३–०१ ००२ झ ४९१५ नम्बरको गाडीलाई ढुंगा प्रहार गरिएको थियो । ढुंगा प्रहारबाट गाडीको पछाडीको सिसा फुटेको छ । सो घटनापछि गिरीलाई व्यक्तिगत सुरक्षा अधिकृत (पिएसओ) दिइएको छ ।

चीनमा चिकित्सा शिक्षा पढेर इन्टनसीप पूरा गर्न नपाएका विद्यार्थी र अतिरिक्त शुल्कको विषयमा एमबीबीएस लगायतका विद्यार्थी आयोगबिरुद्ध आन्दोलनमा छन् । यसअघि चीनबाट फर्केका इन्टनसीप पुरा गर्न बाँकी विद्यार्थीले गिरीमाथी दुव्यवहारको प्रयास गरेका थिए । उनिमाथी पटक पटक आक्रमण प्रयास हुँदै आएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप