मङ्गलबार, ०४ वैशाख २०८१
ताजा लोकप्रिय

भ्यालेन्टाइन डे : गलत उपहारले पनि गराउँछ ब्रेकअप, यस्ता कुरा ध्यानमा राख्नुहोस्

सोमबार, ०२ फागुन २०७८, १३ : ४३
सोमबार, ०२ फागुन २०७८

सोनम (परिवर्तित नाम) पछिल्लो समयमा डेडिङ एपमा आफ्ना लागि पार्टनरको खोजी गरिरहेकी छन् । उनी तीन वर्ष अघि सम्बन्धमा थिइन । पार्टनरको एक गल्ती (यस्तो उनी मान्दछिन्) का कारण यी दुईको ब्रेकअप भयो । त्यसो हो भने गल्ती के थियो ? केटाले उनलाई धोका त दिइरहेका थिएनन् ?

खासमा त्यस्तो केही थिएन । उनका पार्टनरले घरबाट टाढा बस्ने सोनमलाई भ्यालेन्टाइन डेको मौका फ्रिज दिने सोच बनाए । त्यसैले उनले फ्रिज अर्डर गरिदिए र यसै कुराले रिसाएकी सोनलले ब्रेकअप गरिदिइन् ।

फ्रिज दिँदा कसले गर्छ ब्रेकअप ?

सोनमको जवाफ – प्रेमीले पति बन्ने कोसिस गर्नु हुँदैन ।

६ महिना अघि मात्रै त हामीले डेटिङ सुरु गरेका थियौँ । म जागिर खान्छु । यस्ता कुरा म आफैँ किन्न सक्छु । यसको साटो उनले मलाई भ्यालेन्टाइन डेमा रोमान्टिक ठाउँमा लैजान सक्थे । एउटा औँठी मात्रै दिएको भए पनि हुन्थ्यो ।  

हामी गिफ्ट किन दिन्छौ ?

यस विषयमा कयौँ अनुसन्धान भएको छन् जसबाट यो थाहा हुन्छ कि कसैलाई गिफ्ट दिँदा दुईवटा लक्ष्य राख्नुपर्छ ।

१. गिफ्ट लिनेलाई खुसी राख्नु । त्यसैले उपहार केही यस्ता हुन् जुन गिफ्ट लिनेले चाहेको होस् ।

२.यसको उद्देश्य भनेको गिफ्ट दिने व्यक्ति र लिनेबीचको सम्बन्धलाई मजबुत पार्नु हो । त्यसैले तपाईं त्यस्तो उपहार छान्नुहोस् जुन सम्झन लायक होस् । अर्थात्, पार्टनरलाई के दिनुपर्छ त्यसबारे उनलाई नसोधिकनै तपाईंले थाहा पाउनुपर्छ ।

सामाजिक जोखिमको खतरा :

जब तपाईं कसैलाई उपहार दिइरहनु भएको छ भने आफ्नो पैसा त्यसमा खर्च गरिरहनु भएको छ , यस्तोमा सामाजिक जोखिमको खतराको के कुराको ? यद्यपि, तपाईंले गिफ्ट दिइरहनु भएको छ  भने त्यो उसलाई मन पर्छ वा पर्दैन ? उसले तपाईसँग केही अन्य अपेक्षा गरिरहेको त छैन ? तपाईंलाई उनको रुची बारे थाहा छैन भनेर कतै उनलाई लागिरहेको त छैन ? घर–परिवार र साथीबीच उक्त उपहारका कारण तपाईंबारे कुराकानी त हुँदैन ? यस्ता थुप्रै कुरा छन् जसले तपाईंलाई तनावमा पार्नसक्छन् ।

यस्तो यसकारण किनभने एउटा सही उपहारले तपाईंको सम्बन्धलाई बलियो बनाउँछ भने एउटा खराब उपहारले तपाईंलाई अलग पनि पारिदिन सक्छ ।

गिफ्ट लिएपछिको सम्बन्ध कस्तो थियो ?

सन् १९९९ मा १ सय २९ मानिसमा एक अध्ययन गरिएको थियो । मानिसलाई आफूले उपहार पाएको र उपहार पाएपछिको सम्बन्ध कस्तो रह्यो भनेर विस्तारपूर्वक वर्णन गर्न भनिएको थियो ।

उक्त अनुसन्धानमा संलग्न भएका १० जनाले उपहारका कारण सम्बन्ध कमजोर भएको बताए भने दुईजनाले उपहार पाएपछि सम्बन्ध नै समाप्त गरेको बताए ।

एउटा सिद्धान्त यस्तो पनि...

सन् १९७० को दशकमा रोबर्ट ट्रिभर्स नामका एक वैज्ञानिकले पारस्परिक परोपकारिताको सिद्धान्त बारे उल्लेख गरेका थिए । यो सिद्धान्त अनुसार कस्ता व्यक्ति केवल आफ्नो मात्रै होइन एक अर्काको सहयोग गर्नमा अधिक सफल हुन सक्छन् ।

ट्रिभर्सको निचोड यस्तो थियो कि हामी धेरैजसो दोस्रो व्यक्तिको सहयोग गर्ने इच्छा राख्छौँ । यस्तो सायद, हामीलाई पनि परेको खण्डमा उनीहरुले  सहयोग गर्छन् भन्ने लोभका कारण पनि हुनसक्छ । फलस्वरुप, लामो समयसम्म दुईबीच सम्बन्ध कायम रहन्छ ।

भ्यालेन्टाइन डे मा गिफ्टका कारण ब्रेकअपः

इच्छा अनुसारको गिफ्ट नपाउनु पनि ब्रेकअपको एउटा कारण हुनसक्छ । यस्ता थुप्रै सर्वेक्षण छन्, जहाँ उपहार मन नपरेका कारण ब्रेकअप हुने गर्छ । भारतका ब्रेकअप हेल्पलाइनका काउन्सलर अभिनवका अनुसार ४० प्रतिशत महिलाले गलत उपहार दिएका कारण उनीहरु आफ्नो पार्टनरलाई छोडिदिने स्वीकार गरेका छन् ।

यस्तै, १८ प्रतिशत पुरुषले खराब गिफ्टका कारण उनीहरु आफ्ना पार्टनरलाई छोड्ने निर्णय गर्नसक्ने बताएका छन् ।

नगद दिन सही वा गलत ?

उपहार दिने झन्झटबाट बच्नका लागि नगद दिनु नै उपयुक्त हुनेजस्तो तपाईंलाई लाग्न सक्छ । त्यसैले हाम्रो देशमा के उपहार दिने होला भनेर अलमल भयो भने राम्रो खाममा पैसा दिएर दिने गरिन्छ ।

तर केही सम्बन्धमा उपहारमा  नगद दिने खराब अप्सन हो । यसलाई एक अनथटफुल गिफ्ट भनिन्छ जसमा तपाईंले सोच्नु नै पर्दैन ।

कहिले नगद दिने, कहिले नदिने ?

– भ्यालेन्टाइन डेमा नगद उपहार दिनु सबैभन्दा खराब हो ।

– चिनियाँ संस्कृतिमा रातो खाममा नगद दिनु सौभाग्यको प्रतिक मानिन्छ ।

– जन्मदिनमा उपहामा नगदको साटो कार्ड दिनु राम्रो हुनेछ ।

भ्यालेन्टाइनमा कस्तो गिफ्ट छान्ने ?

पार्टनरलाई मनपर्ने विषयमा ध्यान दिएर सोच्नुस् । उसलाई कस्तो किसिमको बास्ना मनपर्छ ? विशेष कुन रेस्टुरेन्टमा रोमान्टिक डिनर गर्न मनपर्छ  ? विकेन्डमा कहाँ जान मनपर्छ । कुनै यस्तो चिज जसलाई धेरै दिनदेखि किन्ने बारेमा सोचिरहनु भएको छ । यी सबैलाई ध्यानमा राखेपछि मात्रै सही उपहार किन्नका लागि निर्णय गर्न सक्नुहुन्छ ।

पुरुषहरुले यो कुरामा ध्यान दिन आवश्यक छ कि महिला संकेत गर्नमा माहिर हुन्छन् ।

त्यसैले उपहार किन्नु अघि यो ध्यान दिनु जरुरी छ कि तपाईंलाई पनि कतै कुनै संकेत दिइएको त छैन ? महिलाले पनि पार्टनरलाई सर्ट, टाई र घडीजस्ता चिज मात्रै नदिनुस् । केही कुरालाई तपाईं कस्टमाइज्ड पनि गराउन पनि सक्नुहुन्छ । यदि तपाईंलाई कुनै राम्रो कुरा मनमा आएन भने डिनरको प्लान गर्न सक्नु हुन्छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप