बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

सिप्रदीको निःशुल्क अटो–इलेक्ट्रिसियन तालिम सम्पन्न

सोमबार, ०२ फागुन २०७८, १२ : ४६
सोमबार, ०२ फागुन २०७८

सिप्रदी ट्रेडिङ लिमिटेडले सञ्चालन गरेको पाचौं समूहको निःशुल्क ६ महिने अटो–इलेक्ट्रिसियन तालिम सम्पन्न भएको छ । सिप्रदीको सामाजिक उत्तरदायित्व ‘विङ सिप्रदीयन’ सहायता संस्थाको सहकार्यमा तालिम भएको हो ।
 दीक्षान्त समारोहमा कम्पनीका प्रमुख कार्यकारी अध्यक्ष राजनबाबु श्रेष्ठ र प्रमुख संचालन अधिकृत राजेशप्रसाद गिरीले उत्कृष्ट प्रशिक्षार्थीहरुलाई प्रमाण पत्र र पुरस्कार प्रदान गरेका थिए ।

प्रशिक्षार्थीहरुलाई बधाई दिदंै अध्यक्ष श्रेष्ठले अटोमोबाइल क्षेत्रमा नयाँ प्रविधिको प्रवेश हुन गईरहेको अवस्थामा अटोइलेक्ट्रिसियनका लागि रोजगारको उत्कृष्ट अवसरहरु रहेको बताए ।  १० प्रशिक्षार्थीले सिप्रदीको नेपालभर रहेका वर्कशपहरुमा रोजगारीको अवसर प्राप्त गरेका छन्। उक्त ६ महिने अटो–इलेक्ट्रिसियन तालिम सिप्रदीले निशुल्क गर्दै आईरहेको छ ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप