आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

मोबाइल बिगारेको निहुँमा चक्कु प्रहार गरी श्रीमतीको हत्या

सोमबार, ०२ फागुन २०७८, १२ : ४३
सोमबार, ०२ फागुन २०७८

श्रीमतीको हत्या गरेको आरोपमा प्रहरीले झापाको भद्रपुर नगरपालिका–१ लाहुरे चोक बस्ने ३४ वर्षीय अमर बहादुर तामाङ सोमबार बिहान पक्राउ गरेको छ । ३४ वर्षीया श्रीमती अनिता लिम्बुलाई धारिलो हतियार चक्कु र ढुङ्गा प्रहार गरी उनले हत्या गरेको प्रहरीले जनाएको छ । 

मोबाइल बिगारेको बिषयमा अमर बहादुरले आफ्नै श्रीमतीको हत्या गरी आफैँ सिमा प्रहरी चौकी पृथ्वीनगरमा आएपछि उनलाई प्रहरीले नियन्त्रणमा लिएको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप