चिरपटले हानेर आमाको हत्या गर्ने छोरा पक्राउ
सोमबार, ०२ फागुन २०७८, १२ : ४३

आमाको हत्या आरोपमा प्रहरीले मोरङको उर्लाबारीबाट एकजनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा मोरङको उर्लाबारी नगरपालिका–४ आइतबारे घर भएका गंगाप्रसाद भण्डारी छन् ।
उनले ७० वर्षीया आमा चन्द्रमाया भण्डारीलाई चिर्पटले हिर्काएर हत्या गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । ३५ वर्षी गंगाप्रसादले आइतबार घरायसी विवादमा आमालाई चिर्पटले हिर्काएका हुन् ।
गम्भीर घाइते चन्द्रमायाको मदन भण्डारी अस्पताल हुँदै ट्रमा सेन्टर मंगलबारेमा उपचारको क्रममा मृत्यु भएको थियो । घटनाबारे ईलाका प्रहरी कार्यालय उर्लाबारीले अनुसन्धान गरिरहेको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
राष्ट्रपति पौडेल र माओवादी केन्द्रका अध्यक्ष प्रचण्डबीच भेटवार्ता
-
कर्णाली प्रदेश मन्त्रिपरिषद् बैठक : के-के गर्यो निर्णय
-
सरकारको नीति तथा कार्यक्रममाथिको छलफल आइतबार पनि जारी रहने
-
गणतन्त्रको विकल्प राजतन्त्र हुन सक्दैन : अध्यक्ष केसी
-
डेङ्गु सङ्क्रमणको जोखिम बढ्ने, सतर्कता अपनाउन आग्रह
-
पाकिस्तानमा रहेका नेपालीहरूको सुरक्षा गर्नेतर्फ सरकार पूर्ण रूपमा सचेत : परराष्ट्र मन्त्रालय