प्रज्ञा प्रतिष्ठानमा वर्षभरि नै पुस्तक प्रदर्शनी आयोजना गर्ने तयारी
प्रज्ञा भवन, कमलादीमा पुस्तक प्रदर्शनी सुरु भएको छ । नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा प्रजातन्त्र दिवस–२०७८ का अवसरमा प्रज्ञा पुस्तक प्रदर्शनी सुरु गरिएको हो । कुलपति गङ्गाप्रसाद उप्रेतीले आइतबार पुस्तक प्रदर्शनीको उद्घाटन गरे ।
कुलपति उप्रेतीले राष्ट्रिय एकता दिवसका अवसर पारेर आयोजना गरिएको पुस्तक प्रदर्शनी कोभिड महामारीका कारण स्थगित गरिएको भए पनि प्रजातन्त्र दिवसका अवसर पारेर पुनः प्रदर्शनी आयोजना गरिएको बताए । उनले भने “प्रतिष्ठानले अबदेखि वर्षभरि नै पुस्तक प्रदर्शनी गर्ने योजना बनाइरहेको छ । उपयुक्त स्थानको व्यवस्था गरेर हामी उक्त योजनालाई चाँडै मूर्त रूप दिने तयारी गरिरहेका छौँ ।”
प्रज्ञा भवनको भानुभक्त कक्षमा आयोजित पुस्तक प्रदर्शनीमा नेपाल प्रज्ञा–प्रतिष्ठान, नेपाल सङ्गीत तथा नाट्य प्रज्ञा–प्रतिष्ठान र नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानद्वारा प्रकाशित विभिन्न विधाका महत्त्वपूर्ण पुस्तक उपलब्ध छन् । प्रदर्शनीमा पुस्तक खरिदमा १५ देखि ४० प्रतिशतसम्म छुटको व्यवस्था गरिएको छ । पुस्तक प्रदर्शनी फागुन १५ सम्म चल्नेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सुरुङमार्गको ब्याजदर बढाउन जापानको प्रस्ताव
-
उपनिर्वाचनमा माओवादीको अस्वाभाविक मत वृद्धि : प्रचण्डको उत्साह कति स्वाभाविक ?
-
नेपाल प्रिमियर लिग : जो बलिङ र ब्याटिङमा चम्किए
-
बम विस्फोटमा रुसी आणविक सुरक्षा बलका प्रमुखको मृत्यु
-
पोखरामा अन्तर व्यवस्थापिका सम्मेलन सुरु, सातै प्रदेशका सभामुख र उपसभामुख एकै ठाउँमा
-
त्रिभुवन विश्वविद्यालयका कर्मचारी आन्दोलित, उपकुलपति कार्यालय अगाडि धर्ना