शनिबार, ०८ वैशाख २०८१
ताजा लोकप्रिय

यी हुन् प्रेम विवाह गर्ने फिल्म क्षेत्रका ५ जोडी

सोमबार, ०२ फागुन २०७८, १२ : ३४
सोमबार, ०२ फागुन २०७८

१४ फेबु्रअरी अर्थात प्रणय दिवस । यो दिन  प्रेम जोडीको उत्सव पनि हो । यही प्रेम दिवसको अवसर पारेर आज हामी नेपाली कला क्षेत्रका ५ जोडीको चर्चा गर्दैछौ । जसले प्रेम विवाहमा परिणत गरे ।

प्रियंका कार्की– आयुष्मान देशराज जोशी  
फिल्म क्षेत्रका प्रेम जोडीको नाम लिनुपर्दा अभिनेत्री प्रियंका कार्की र अभिनेता आयुष्मान जोशीको नाम छुटाउन मिल्दैन । फिल्म अभिनय सिलसिलामा प्रेममा परेको यो जोडीले करिब तीन वर्ष अघि प्रेम विवाहमा परिणत गरेका थिए । अहिले उनीहरुको एउटी छोरी छिन् । पछिल्लो समय उनीहरु युट्युवमा सक्रिय छन् ।

वर्षा राउत–संजोग कोइराला 
लामो समय प्रेममा रहेर विवाह गरेका हुन् अभिनेत्री वर्षा राउत र अभिनेता संजोग कोइराला । प्रेमका कारण दर्शकको आइडल बनेको यो जोडी फिल्म अभिनयमा क्रियासिल छन् । पछिल्लो समय यो जोडीबीच ब्रेकअप हुन लागेको गसिफ समेत आउन थालेका छन् ।

दिवाकर भट्टराई–दीपिका प्रसाईं 
निर्देशक दिवाकर र अभिनेत्री दीपिकाको प्रेम फिल्म सेटमा बसेको थियो । प्रेममा केही बर्ष रमाएपछि दुबैले विवाह गरे । यी जोडी अहिले फिल्म निर्माणको तयारीमा जुटेका छन् ।

लक्ष्मी बर्देेवा र जीवन भट्टराई 

अभिनेत्री लक्ष्मी बर्देवा र अभिनेता जीवन भट्टराईको प्रेम कलाक्षेत्रमा एउटा उदाहरण बन्ने गरेको छ । प्रेमपछि विवाह गरेका यो जोडी फिल्म, म्युजिक भिडियो र नाटक अभिनयमा सक्रिय छन् ।

अनुप बराल–दीया मास्के 
अभिनेता अनुप बराल र अभिनेत्री दीया मास्केले पनि प्रेम विवाह गरेका हुन् । एकै क्षेत्रमा कार्यरत यो जोडीले फिल्म तथा नाटक समेत एकैसाथ अभिनय गरेका छन् । दीया अनुपकी विद्यार्थी समेत रहेकी थिइन् । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप