आइतबार, १६ असार २०८१
ताजा लोकप्रिय

हटाउन थालियो टिपरको प्रेसर हर्न

सोमबार, ०२ फागुन २०७८, ११ : ५५
सोमबार, ०२ फागुन २०७८

अरनिको र बीपी राजमार्गमा चल्ने टिपरको प्रेसर हर्न प्रहरीले हटाउन थालेको छ । जिल्ला प्रहरी कार्यालय काभ्रेले सो जिल्ला भित्रका सडकमा गुड्ने टिपरको हर्न हटाउन थालेको हो । पछिल्ला केही दिनयता प्रहरीले २ सय ५० वटा टिप्परका प्रेसर हर्न हटाएको छ ।

अभियानको रुपमा प्रेसर हर्न हटाउन थालिएको काभ्रेका एसपी चक्रराज जोशीले रातोपाटीलाई बताए । उनले भने–‘प्रेसर हर्न हटाउने अभियान शुरु गरेका छौं, तोकिएको क्षमताभन्दा धेरै निर्माण सामाग्री बोक्ने टिपरलाई कारवाहीको दायरमा ल्याएका छौं ।’  

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकको प्रमुखमा एसपी चक्रराज जोशी आएपछि उनले प्रेसर हर्न हटाउन थालेका हुन् । काभ्रे प्रहरीले अवैध मदिरा नष्ट र फरार प्रतिवादी फक्राउ गर्ने कामलाई पनि तिब्र बनाएको छ ।

राजमार्गमा बस्नेहरूले प्रेसर हर्न कारणका कारण ध्वनी प्रदूषण भएको गुनासो गर्दै आएका छन् । प्रेसर हर्न राख्नेलाई पहिलोपटक सचेत गराउने, ओभर लोड बोक्नेलाई १ हजार ५ सय जरिवाना तिराउने र सचेत गराउने गरिएको छ । ओभरलोड टिपरका कारण सडक संरचना बिग्रिन्छ ।

काभ्रेबाट खटिएको अधिकृत सहितको विशेष टोलीले विभिन्न मुद्दाका फरार प्रतिवादीहरुलाई खोजतलासको क्रममा पक्राउ गरेको छ । पक्राउ पर्नेमा रमेश तिमल्सिना, शान्ति थापा खड्का, बुद्धिलाल खड्गी, प्रकाश खड्गी, विकास खड्गी, दिललक्ष्मी खड्गी रहेका छन् । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप