बिहीबार, २० असार २०८१
ताजा लोकप्रिय

हिमालयन जनरल इन्स्योरेन्सको सीईओमा शाह नियुक्त

सोमबार, ०२ फागुन २०७८, ११ : ३९
सोमबार, ०२ फागुन २०७८

हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सीईओमा विजयबहादुर शाह नियुक्त भएका छन् । कम्पनीको हालै सम्पन्न बोर्ड बैठकले शाहलाई प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा नियुक्त गर्ने निर्णय गरेको हो । नवनियुक्त सीईओ शाहले फागुन १ गतेदेखि नै जिम्मेवारी सम्हालेका छन् । 

यसअघिका सीईओ सुशील बज्राचार्यले आफ्नो ६ वर्ष ५ महिनाको सिइओको जिम्मेवारी पूरा गरेर बाहिरिएसँगै सो स्थानमा शाहलाई नियुक्त गरिएको हो । शाह चार वर्षदेखि कम्पनीको नेतृत्वदायी भूमिकामा रहँदै आएका छन् ।
पदभार ग्रहण गर्दै सीईओ शाहले आफ्नो कार्यकालमा कम्पनीको गरिमालाई उच्च राख्दै निर्जीवन बीमा सेवालाई थप अनुशासित र मर्यादित बनाउन पहल गर्ने बताए ।

‘हिमालय जनरल इन्स्योरेन्सले आफ्नै एउटा गरिमामय परिचय र एउटा छुट्टै इतिहास बनाएको छ । आफ्नो स्पष्ट उद्धेश्य र लक्ष्य लिएर उत्कृष्ट सेवा प्रदान गर्दै आइरहेको यस कम्पनीलाई मेरो नेतृत्वमा सम्पूर्ण टिमलाई एकत्रित र उत्साहित रुपमा अगाडि बढाउने मैले प्रण गरेको छु’ शाहले भने ।

सोही अवसरमा हिमालय जनरल इन्स्योरेन्सका सञ्चालक समितिका अध्यक्ष महेन्द्रकृष्ण श्रेष्ठले अनुभवी शाहको नेतृत्वमा कम्पनीले थप उचाई लिने विश्वास व्यक्त गरे । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप