कामु प्रधानन्यायाधीशले बोलाए सर्वोच्चको पूर्ण बैठक
कामु प्रधानन्यायाधीश दीपककुमार कार्कीले सर्वोच्च अदालतको पूर्ण बैठक बोलाएका छन् । आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव दर्ता भई निलम्बनमा परेपछि सर्वोच्च अदालत सञ्चालनका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो ।
कामु प्रधानन्यायाधीश कार्कीले सोमबार अपराह्न २ बजेका लागि सर्वोच्चको पूर्ण बैठक बोलाएका छन् । उक्त बैठकमा अदालतका सम्बन्धमा विकसित पछिल्लो घटनाक्रम र अदालत सञ्चालन तथा न्यायपालिका सुधारका सम्बन्धमा छलफल हुने बताइएको छ । न्यायपालिका सुधारका लागि भन्दै न्यायाधीश हरिकृष्ण कार्की सम्मिलित समितिले दिएको प्रतिवेदन पूर्णतः कार्यान्वयन गर्ने र सर्वोच्च अदालतकै न्यायाधीश तथा नेपाल बार एसोसिएसनले उठाएको मागको सम्बन्धमा पनि छलफल हुने बताइएको छ ।
प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग लागे पनि उनको पूर्ण बहिर्गमन नभएसम्म नेपाल बार एसोसिएसनले आन्दोलन जारी राख्ने बताइसकेको छ । यद्यपि नेपाल बार एसोसिएसनले अदालतको काम कारबाहीमा वाधा नपुग्ने गरी आन्दोलन गर्ने बताएको थियो । बारले सर्वोच्च अदालतका न्यायाधीशहरुलाई लिखितरुपमा पत्र लेख्दै मध्यान्ह १२ बजेसम्म इजलास नराख्न आग्रह गरेका थिए । सोही आग्रह बमोजिम नेपाल बार एसोसिएसनको अगुवाइमा १२ बजेसम्म सर्वोच्च अदालतभित्रै आन्दोलन हुँदै आएको छ भने सर्वोच्चमा १२ बजेपछि मात्रै इजलास बस्ने गरेको छ ।
सोमबारका लागि पनि १२ बजे नै इजलास बस्ने सर्वोच्च अदालतले जनाएको छ । यद्यपि नेपाल बार एसोसिएसनसँग छलफल गरी अब बिहान ११ बजेदेखि नै इजलास राख्ने तयारी भइरहेको एक न्यायाधीशले रातोपाटीलाई बताए ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
एसइईमा अब ‘एनजी’ आएको विषयमा मात्रै परीक्षा दिन पाइने
-
काठमाडौँको चन्द्रागिरीमा १७ वर्षीया किशोरीको हत्या
-
लुम्बिनी विहार र होटेल व्यवसायी बिचको विवाद समाधान
-
१० बजे, १० समाचार : उत्तरार्द्धमा एनपीएल, समाजवादी मोर्चा निष्प्रभावी
-
मिर्गौला प्रत्यारोपण गर्ने विषयमा विवाद, चक्कु प्रहार गरेर बुवाले गरे बिरामी छोराको हत्या
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान