चार वर्षका लागि राष्ट्र बैंकले १५ अर्बको विकास ऋणपत्र जारी गर्ने
नेपाल राष्ट्र बैंकले आगामी बुधबार १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्र जारी गर्ने भएको छ । बैंकले चार वर्ष अवधिका लागि विकास ऋणपत्र २०८२ ‘च’ जारी गर्न लागेको हो । खुल्ला प्रतिस्पर्धात्मक प्रणालीबाट सार्वजनिक गरिने उक्त विकास पत्र खरिदका लागि बैंकले सोमबार एक सूचना गर्दै इच्छुक लगानीकर्ताहरु दरखास्त आह्वान गरेको छ । बैंक तथा वित्तीय संस्था, बीमा कम्पनी, संगठित संस्था तथा नेपाली नागरिकले तोकिएको मापदण्ड पुर्याएर विकास पत्र खरिदका लागि दरखास्त दिन सक्नेछन् ।
चार वर्षका लागि रहने यस विकास पत्र २०७८ फागुन ३ गतेदेखि शुरु भएर २०८२ फागुन ४ गते परिपक्व हुने बैंकले जनाएको छ । यस विकास ऋणपत्रको ब्याजदर भने लगानीकर्ताहरूले अर्धवार्षिक अर्थात् ६÷६ महिनामा भुक्तानी पाउने बैंकले बताएको छ ।
कुल १५ अर्ब रुपैयाँ बराबरको विकास ऋणपत्रमा ८५ प्रतिशत अर्थात १२.७५ अर्ब रुपैयाँ खुल्ला प्रतिस्पर्धाका आधारमा र बाँकी १५ प्रतिशत अर्थात २.२५ अर्ब विना प्रतिस्पर्धामा बिक्री गरिने बैंकले जनाएको छ ।
यस ऋणपत्र आवश्यक परेको बेला धितोको रुपमा समेत प्रयोग गर्न पाइनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
हेटौंडामा पुस १३ देखि सडक खाना महोत्सव
-
पानीजहाज सञ्चालन तथा व्यवस्थापन सम्बन्धी कानुनलाई संशोधन गर्न बनेको विधेयक राष्ट्रिय सभामा दर्ता
-
लुम्बिनीमा पाँच वर्षदेखि थन्किएका बस आजदेखि सञ्चालन
-
घान्द्रुकमा स्कारपियो दुर्घटना स् एक जनाको मृत्यु, ४ गम्भीर घाइते
-
बागमती सीटीईभीटीको निर्देशकका लागि ३ जनाको नाम सिफारिस
-
सचिव सरुवाले हैरान सांसद : 'नम्बर सेभ गर्दा एउटा मन्त्रालयमा‚ फोन गर्दा अर्कै मन्त्रालयमा'