चितवनका ५६ हजार बढी बालबालिकालाई खोप
सोमबार, ०२ फागुन २०७८, ०९ : ३७
जिल्लामा १२ देखि १७ वर्षसम्मका ५६ हजार ७८१ बालबालिकाले कोरोनाविरुद्धको खोप लगाएका छन् । मोडर्ना खोप अभियानअन्तर्गत विद्यार्थीलगायतका बालबालिकालाई खोप लगाइएको हो । स्वास्थ्य कार्यालय चितवनका जनस्वास्थ्य अधिकृत गीताञ्जली ढकालका अनुसार भरतपुर महानगरपालिकामा ३३ हजार ५८५, खैरहनीमा ५३५, माडीमा तीन हजार ११४ , रत्ननगरमा आठ हजार ७१६, राप्तीमा चार हजार ९२७, कालिका नगरपालिकामा तीन हजार ६५२ र इच्छाकामना गाउँपालिकामा दुई हजार २५२ जनाले खोप लगाएका हुन् ।
कार्यालयले पालिकाका स्वास्थ्य शाखामार्फत खोप लगाउने व्यवस्था गरेको थियो । यसअन्तर्गत २०० भन्दा बढी विद्यार्थी भएका विद्यालयमा नै खोप केन्द्र राखेर अभियान सञ्चालन गरिएको थियो । जिल्लामा ८० हजार हाराहारी सो उमेर समूहका बालबालिका रहेको अनुमान गरिएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मकवानपुरको सिस्नेरी चौकी बग्यो, सिन्धुलीको खुर्कोट र दुम्जाको चौकी डुबानमा
-
ललितपुरबाट १५ जना बेपत्ता
-
पोखरामा करेन्ट लागेर एक जनाको मृत्यु
-
पहिरोले माथिल्लो तामाकोशी जलविद्युत आयोजनामा क्षति, उत्पादन बन्द
-
नेपाल–चीन सडक बिच्छेद : बाढीले लार्चा र तिपिङका २ पुल बगायो
-
पोखरा पर्वतीय दौडको उपाधि एपिएफका भट्टलाई