पाकिस्तानमा कुरान जलाएको भन्दै ढुंगाले हानेर हत्या, रुखमा झुन्ड्याइयो शव
कुरानको अपमान गरेको भन्दै पाकिस्तानमा एउटा अर्धवैशे व्यक्तिलाई ढुंगाले हानेर हत्या गरिएको छ । पन्जावको खानेवाल जिल्लाको एक गाउँमा एउटा समूहले उनको पाशविक हत्या गरेको हो ।
एक जना मानिसले कुरानका पेजहरु च्यातेको र आगो लगाएको हल्ला चलेपछि माघरिब प्रार्थनापछि सयौं स्थानीय जंगल डेरा गाउँमा भेला भएका थिए ।
लगत्तै केही समयपछि एक व्यक्तिको शव रुखमा झुन्डाइएको थियो । पाकिस्तानी समाचार संस्था डनका अनुसार ती व्यक्तिले आफूले निर्दोष भएको बताएका थिए, तर कसैले सुनेनन् । ती व्यक्तिलाई ढुंगा प्रहार गर्नुअघि प्रहरीको एउटा समूह घटनास्थल पुगेको थियो । प्रहरीले तत्काल ती व्यक्तिलाई नियन्त्रणमा लिएको थियो । तर, एउटा भिडले उनलाई प्रहरीबाट लक्षारेर आफ्नो नियन्त्रणमा लिएको थियो ।
पाकिस्तानमा इस निन्दाको आरोपमा समूहले व्यक्तिलाई हत्या गरेको यो पहिलो घटना होइन । डिसेम्बरको सुरुमा पनि कुरानको निन्दा गरेको आरोपमा एउटा समूहले कुटेर श्रीलंकाका एक व्यक्तिको हत्या गरेको थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
सय दिने विशेष अभियान सफल पार्न कांग्रेस सुदूरपश्चिमले खटायो ४३ प्रतिनिधि
-
बगेको बुलेटभित्र थियो ६ मेट्रिकटन ग्यास, जोखिम कति ?
-
उदयपुर, सुनसरी र सप्तरीका नदी तटीय क्षेत्रका बासिन्दालाई सतर्क रहन आग्रह
-
झ्याप्ले खोला दुर्घटनामा पर्ने अधिकांश रुपन्देहीका भएको आशंका
-
बाढी पहिरोमा परेर ज्यान गुमाएकाहरूका परिवारलाई तत्काल क्षतिपूर्ति दिन राप्रपाको माग
-
उद्धार कार्यमा जुट्न पार्टी पङ्क्तिलाई रास्वपाको निर्देशन