लोसपाको मधेश प्रदेश कार्यालय जनकपुरधाममा स्थापना
सोमबार, ०२ फागुन २०७८, ०७ : १९
मधेश प्रदेशको राजधानी जनकपुरधाममा लोकतान्त्रिक समाजवादी पार्टी नेपालले प्रदेश कार्यालय स्थापना गरेको छ । आइतबार जनकपुरधाममा एक कार्यक्रमका बीच अध्यक्ष महन्थ ठाकुरले प्रादेशिक कार्यालयको समुद्घाटन गरेका हुन् ।
लोसपा प्रदेश कार्यालयको उद्घाटन गर्दै अध्यक्ष ठाकुरले मधेशको मुद्दा स्थापित गर्न निरन्तर आन्दोलनको आवश्यकता रहेको बताए । त्यस्तै वरिष्ठ नेता सरतसिंह भण्डारीले मधेश र मधेशीको समस्या समाधानका लागि अझैपनि आन्दोलनको आवश्यकता रहेको बताए ।
सो कार्यक्रममा लोसपा नेपाल मधेश प्रदेशका अध्यक्ष जितेन्द्र सोनल, धनुषा अध्यक्ष तथा प्रदेश सांसद परमेश्वर साह, सांसदहरु अभिराम शर्मा, प्रदेश सचिव रामबिनोद चौधरी, पुर्व सांसद दिनेश साह, संघीय सांसद उमाशंकर अरगरिया, संसदीय दलको उपनेता रानी तिवारी लगायतका नेता कार्यक्रताहरुको सहभागिता थियो ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
परराष्ट्रमन्त्री राणा जर्मनीबाट भारत प्रस्थान
-
मलेसियाले दियो विदेशी श्रमिक व्यवस्थापन प्रणालीलाई निरन्तरता
-
स्वास्थ्य सेवालाई मजबुत बनाउँदै आँबुखैरेनी अस्पताल
-
सहिद स्कुलले जित्यो ‘कुलपति रनिङ शिल्ड’ फुटबलको उपाधि
-
मुख्यमन्त्री शाहको राजनीतिक सल्लाहकारमा उपाध्याय नियुक्त
-
गठबन्धन सरकार ढल्छ कि भन्ने भ्रममा नपर्न मन्त्री गुरुङको आग्रह