आइतबार, १३ असोज २०८१
ताजा लोकप्रिय

एमाले संसदीय दलको बैठक बस्दै

सोमबार, ०२ फागुन २०७८, ०६ : ५५
सोमबार, ०२ फागुन २०७८

प्रमुख प्रतिपक्षी दल एमालेले संसदीय दलको बैठक आज सोमबार बस्दैछ । प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोगको प्रस्ताव संघीय संसद सचिवालयमा दर्ता भएपछिको अवस्थाबारे छलफल गर्न एमालेले सोमबार बिहान ११ बजेका लागि दलको बैठक बोलाएको हो । 

कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा (कीकृत समाजवादी)का सांसदहरूले आइतबार प्रधानन्यायाधीश जबराविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका छन् । सत्तारुढ दलका ९८ सांसदले आइतबार प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराविरुद्ध महाभियोग प्रस्ताव दर्ता गराएका छन् । सो प्रस्ताव आएपछि एमालेले प्रतिरोध गर्ने निर्णय गरेको छ ।

महाभियोगपछि जबरा निलम्बित भइसकेका छन् । महाभियोग दर्ता भएसँगै आइतबार बसेको एमाले सचिवालय बैठकले महाभियोग लोकतन्त्रमाथि प्रहार र गणतन्त्रमाथि कमजोर बनाउने षड्यन्त्र भएको निष्कर्ष निकाल्दै प्रतिवाद गर्ने निर्णय गरिसकेको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप