शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

हारबाट जोगियो बार्सा

सोमबार, ०२ फागुन २०७८, ०६ : ४२
सोमबार, ०२ फागुन २०७८

लुक डि योङले इन्जुरी समयमा गोल गर्दै बार्सिलोनालाई हारबाट जोगाएका छन् । आइतबार राति भएको खेलमा बार्सिलोनाले एस्पानियोलसँग २-२ गोलको बराबरी खेलेको हो ।

खेलको शुरुवातमा नै पेड्रीले गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । तर पहिलो हाफको अन्त्यतिर सर्जी डार्डरले बराबरी गोल फर्काए । खेलको ६४ औँ मिनेटमा राउल डि टोमासले गोल गर्दै एस्पानियोललाई अग्रता दिलाए ।

इन्जुरी समयमा जेरार्ड पिके र निको मेलामेडले दोस्रो पहैँलो कार्ड खाँदै मैदानबाट बाहिरिएपछि दुई टोली १०-१० खेलाडीमा सीमित बनेको थियो । त्यसपछि योङले अडामा ट्राओरीको क्रसमा गोल गर्दै टोलीलाई हारबाट जोगाए । खेलको अन्त्यमा एस्पानियोलका मानु मोरलानेसले पनि रातो कार्ड खान पुगेका थिए । बाराबरीपछि बार्सिलोना लिगको चौथो स्थानमा उक्लिएको छ । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

एजेन्सी
एजेन्सी
लेखकबाट थप