बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय

निर्वाचनको आन्तरिक मार्गचित्र तयार

सोमबार, ०२ फागुन २०७८, ०६ : १८
सोमबार, ०२ फागुन २०७८

निर्वाचन आयोगले स्थानीय  तह निर्वाचनलाई  सुव्यवस्थित  ढङ्गले सञ्चालन गर्न  आन्तरिक मार्गचित्र तयार पारेको छ । यही मार्गचित्रका आधारमा आयोगले  मतदाताको  अन्तिम  नामावली  तयारी  गर्नेदेखि  मतगणनासम्मको  फरक–फरक  कार्यतालिका  तयार  गरेर  निर्वाचन  समग्र प्रक्रियालाई अगाडि बढाउने भएको छ । आयोगले सम्भवतः सोमबार नै राजनीतिक दल  दर्ताका  लागि  आह्वान  गर्न  सक्ने  सम्भावना छ ।

'स्थानीय  तह  निर्वाचन–२०७९’लाई  व्यवस्थित  गर्ने  क्रममा  आयोगले  आइतबारबाट  नियमित  पत्रकार  सम्मेलन  पनि सुरु गरेको छ । हालका लागि सोमबार र बिहीबार नियमित र आवश्यकता अन्य दिन पनि पत्रकार सम्मेलनमार्फत सूचना प्रवाह गर्ने आयोगले जनाएको छ । सो  पत्रकार  सम्मेलनमा  आयोगले  निर्वाचनको  कार्यतालिका  स्वीकृत  गरेको  जानकारी  दिएको  छ  ।

आयोगले  संविधान  तथा  कानुनमा  भएको  व्यवस्थाबमोजिम  कार्यतालिका स्वीकृत गरिसकेपछि निर्वाचन कार्यक्रम घोषणा हुनेछ । भेटघाटमा  सचिव  गोकर्णमणि  दुवाडीले  आयोगको  तयारीबारे  सङ्क्षिप्त  जानकारी गराएपछि प्रवक्ता शालिग्राम शर्मा पौडेलले  हालसम्मको  प्रगतिबारे  जानकारी  गराए । यो समाचार गोरखापत्र दैनिकमा छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

पत्रपत्रिकाबाट
पत्रपत्रिकाबाट
लेखकबाट थप