चोलेन्द्रको हटाइसकिएको फोटो फेरि सर्वोच्चले राख्यो
आइतबार, ०१ फागुन २०७८, २२ : ०४

सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको फोटो वेबसाइटबाट हटाएकोमा फेरि राखेको छ । संसद सचिवालयमा ९८ सांसदले उनीविरुद्ध महाभियोग दर्ता गराएपछि उनको फोटो आइतबार दिउँसो वेबसाइटबाट हटाइएको थियो भने कामु प्रधानन्यायाधीश भनेर दीपककुमार कार्कीको नाम उल्लेख गरिएको थियो ।
तर आइतबार साँझ फेरि फोटो नाम प्रधानन्यायाधीशकै हैसियतमा राखिएको छ । दीपककुमारको नाम भने कामुकै हैसियतमा यथावत छ । जबरा निलम्बनमा परेपछि दोस्रो वरीयताका न्यायाधीश कार्की कामु प्रधानन्यायाधीश बनेका हुन् । अब उनी न्याय परिषद्को अध्यक्ष तथा संवैधानिक परिषद्को सदस्यको समेत भूमिका रहनेछन् ।
सर्वोच्चले जबराको फोटो किन हटायो र फेरि किन राख्यो भन्नेबारे केही जानकारी दिइएको छैन ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
कोशीका पूर्वमन्त्री खत्रीले गरे अन्तरजातीय विवाह, भोजमा हुने खर्च वृद्धाश्रमलाई
-
सरकारले ‘पर्फमेन्स’ बढाउनुपर्ने कांग्रेसको निष्कर्ष
-
कांग्रेस भन्छ– प्रचण्डले भनेजस्तो सरकार ढल्दैन
-
माओवादी विराटनगर सम्मेलनमा प्रचण्ड आउने
-
काठमाडौँ उपत्यकासहित देशभरका सामुदायिक विद्यालय बन्द
-
दाङमा चलचित्र निर्माण कार्याशाला हुने