शुक्रबार, १६ चैत २०८०
ताजा लोकप्रिय

चोलेन्द्रको हटाइसकिएको फोटो फेरि सर्वोच्चले राख्यो

आइतबार, ०१ फागुन २०७८, २२ : ०४
आइतबार, ०१ फागुन २०७८

सर्वोच्च अदालतले निलम्बित प्रधानन्यायाधीश चोलेन्द्र शमशेर जबराको फोटो वेबसाइटबाट हटाएकोमा फेरि राखेको छ । संसद सचिवालयमा ९८ सांसदले उनीविरुद्ध महाभियोग दर्ता गराएपछि उनको फोटो आइतबार दिउँसो वेबसाइटबाट हटाइएको थियो भने कामु प्रधानन्यायाधीश भनेर दीपककुमार कार्कीको नाम उल्लेख गरिएको थियो ।

 तर आइतबार साँझ फेरि फोटो नाम प्रधानन्यायाधीशकै हैसियतमा राखिएको छ । दीपककुमारको नाम भने कामुकै हैसियतमा यथावत छ ।  जबरा निलम्बनमा परेपछि दोस्रो वरीयताका न्यायाधीश कार्की कामु प्रधानन्यायाधीश बनेका हुन् । अब उनी न्याय परिषद्को अध्यक्ष तथा संवैधानिक परिषद्को सदस्यको समेत भूमिका रहनेछन् । 

सर्वोच्चले जबराको फोटो किन हटायो र फेरि किन राख्यो भन्नेबारे केही जानकारी दिइएको छैन ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप