बिहीबार, ०४ पुस २०८१
ताजा लोकप्रिय
२४ घन्टाका ताजा अपडेट

प्रहरी प्रधान कार्यालयद्वारा डीएसपीहरूको काज सरुवा : को–कहाँ ?

आइतबार, ०१ फागुन २०७८, २१ : ५७
आइतबार, ०१ फागुन २०७८

नेपाल प्रहरीका डीएसपीहरूको काज सरुवा भएको छ । प्रहरी प्रधान कार्यालयले रामेछाप, दोलखा र रसुवालगायतका जिल्लासहित वृत्तका प्रमुखहरुको सरुवा गरेको हो।  जसअनुसार दोलखामा डीएसपी गंगाप्रसाद पौडेल काज सरुवा भएका छन् भने रसुवामा डीएसपी कुलदीप चन्द गएका छन् । 

यस्तै  रामेछाप डीएसपी राजकुमार थिङको काज सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।  यस्तै महानगरीय प्रहरी बृत्त सातदोबाटोमा डीएसपी मदन केसी र चापागाउँ वृत्तमा द्वारिका घिमिरे काज सरुवा हुँदा दोलखाका डीएसपी भेषराज रिजाल अपराध महाशाखामा सरुवा भएका छन् ।

यस्तै रामेछापबाट अर्का डीएसपी नवराज ढुङ्गानाको प्रदेश १ प्रहरी कार्यालयमा काज सरुवा हुँदा  रसुवामा रहेका देवेन्द्र पाण्डे जगेडा पुलमा सरुवा भएका छन् । 

यस्तै हाल वृत्त चापागाउँमा कार्यरत टेकबहादुर कार्की क्षेत्रीको पनि कार्य विभागमा सरुवा भएका छन् । यसैगरी महानगरीय प्रहरी सातदोबाटोमा कार्यरत दिनेश घिमिरेको महानगरीय प्रहरी रानीपोखरीमा काज सरुवा भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप