सोमबार, २४ वैशाख २०८१
ताजा लोकप्रिय

मधेस सरकारले पहिलोपटक जनयुद्ध दिवस मनायो, तस्बिरमा हेर्नुहोस्

आइतबार, ०१ फागुन २०७८, २१ : ३७
आइतबार, ०१ फागुन २०७८

मधेस सरकारले पहिलोपटक जनयुद्ध दिवस मनाएको छ । तत्कालीन नेकपा माओवादीले जनयुद्ध आरम्भ गरेको दिनको सम्झनामा प्रत्येक वर्ष सो पार्टीले जनयुद्ध दिवस मनाउने गरेको छ । आइबार माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले मधेस प्रदेश सरकारको आयोजनामा मनाइएको २७ औं जनयुद्ध दिवसको उद्घाटन गरे ।

जनयुद्ध दिवसकै अवसर पारेर मधेसी शहीद प्रतिष्ठानद्वारा आयोजित शहीद परिवार सम्मान तथा राहत वितरण कार्यक्रममा बोल्दै पूर्व प्रधानमन्त्री समेत रहेका दाहालले सरकारी तहबाटै जनयुद्ध दिवस मनाएर मधेस प्रदेश सरकारले रेकर्ड तोडेको बताए ।

उनले मधेसी जनताको हक अधिकारका विरुद्ध अब कुनै पनि षडयन्त्र भए शक्तिशाली आन्दोलन मधेश बाटै सुरु हुने चेतावनी दिए । कार्यक्रममा मधेस प्रदेशका मुख्यमन्त्री लालबाबु राउतले भर्चुअल सम्बोधन गरेका थिए ।

कार्यक्रममा पूर्वमन्त्री एवम् माओवादी केन्द्रका नेता मातृका यादव, मधेस प्रदेशका प्रदेश प्रमुख हरिशंकर मिश्र, नेपाली काँग्रेस प्रदेश संसदीय दलका नेता एवम् भौतिक पूर्वाधार विकास मन्त्री रामसरोज यादव, एकीकृत समाजवादी मधेस प्रदेशका नेता एवम् उद्योग,वन, पर्यटन तथा वातावरणमन्त्री शत्रुधन महतो लगायतले सम्बोधन गरेका थिए ।

मधेस सरकारले माओवादी जनयुद्धका क्रममा शहादत प्राप्त गरेका ७ सय ३८ जना सहिद परिवारलाई एक लाख रुपैयाँका दरले आर्थिक सहयोग गरेको छ । सहिद परिवारलाई तीन चरणमा तीन लाख रुपैयाँ दिने मधेस सरकारको योजना रहेको प्रदेश सरकारका सञ्चारमन्त्री भरतप्रसाद साहले बताए ।

कार्यक्रममा जनयुद्धताका शहिद रामवृक्ष यादव र पूर्व राज्यमन्त्री स्व.रामकुमारीको जीवनमा आधारित शहादत नामक नाटक समेत मञ्चन गरिएको थियो । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप