मङ्गलबार, ०८ जेठ २०८१
ताजा लोकप्रिय

गोरखा बिरुवाटारमा ग्लोबल आइएमई बैंकको नयाँ एक्सटेन्सन काउण्टर

आइतबार, ०१ फागुन २०७८, २१ : १२
आइतबार, ०१ फागुन २०७८

ग्लोबल आइएमई बैंक लिमिटेडले गोरखाको पालुङ्गटार नगरपालिका–७, बिरुवाटारमा नयाँ एक्सटेन्सन काउण्टर खोलेको छ । सेवाग्राहीको बढ्दो चाप र विस्तारित बैंकिङ्ग सेवाको आवश्यकतालाई मध्यनजर गर्दै एक्सटेन्सन काउण्टर सञ्चालनमा ल्याएको बैंकले जानकारी दिएको छ । 

बैंकको ४९ औँ एक्सटेन्सन काउण्टर उद्घाटन पालुङ्गटार नगरपालिकाका मेयर दीपकबाबु कँडेलले गरेका छन् । ‘सबैका लागि बैंक’ भन्ने नारासाथ २७ लाखभन्दा बढी ग्राहकहरूलाई सेवा दिइरहेको बैंकको दाबी छ । 

बैंकले देश र विदेशमा बैंकिङ्ग सेवासम्म पहुँच पुर्याउने उद्देश्यले ७६ जिल्लामा २८७ शाखा, २५२ एटीएम, २७४ शाखारहित बैंकिङ्ग सेवा, ४९ एक्सटेन्सन तथा राजस्व संकलन काउन्टर तथा ३ वटा वैदेशिक प्रतिनिधि कार्यालयसमेत गरी ८५० भन्दा बढी सेवा केन्द्रबाट सेवा प्रदान गरिरहेको जनाएको छ ।


 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप