शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

आइभीएफ सेवा सञ्चालन इजाजत पाउने पहिलो अस्पताल बन्यो नर्भिक

आइतबार, ०१ फागुन २०७८, २१ : ०७
आइतबार, ०१ फागुन २०७८

जनस्वास्थ्य सेवा नियमावली, २०७७ लागू भएपछि थापाथलीस्थित नर्भिक इन्टरनेशनल हस्पिटल टेस्टट्यूब बेबी (आइभीएफ) संचालन इजाजत पाउने देशकै पहिलो अस्पताल बनेको छ ।  स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नर्भिकलाई नयाँ व्यवस्थाअनुसार मापदण्ड पूरा गरेको आधारमा आइभीएफ सेन्टर संचालन इजाजत दिएको हो । 

जनस्वास्थ्य सेवा नियमावली, २०७७ बमोजिम टेस्टट्यूब बेबी (आइभीएफ) संचालन गर्ने इजाजतपत्रका लागि नर्भिकले २०७८ साउन १२ गते निवेदन दिएको थियो ।  २०७८ माघ २५ गते सो निवेदनउपर कार्यबाही भई सचिवस्तरीय निर्णयबाट नर्भिकलाई आइभीएफ सेन्टर सञ्चालनको इजाजत दिइएको हो । 

जनस्वास्थ्य सेवा नियमावली, २०७७ को नियम १२ बमोजिम नर्भिकलाई आइभीएफ सेन्टर सञ्चालनको इजाजत दिइएको महाशाखा प्रमुख डा.मदनकुमार उपाध्यायले जानकारी दिए ।  उनका अनुसार जनस्वास्थ्य नियमावली, २०७७ ले व्यवस्था गरेअनुसार मापदण्ड पूरा गरी आइभीएफ सेन्टर संचालन इजाजत पाउने नर्भिक पहिलो अस्पताल बनेको छ । 

यसअघि विभिन्न ठाउँमा संचालनमा रहेका आइभीएफ सेन्टरहरू कुनै जिल्ला, कुनै क्षेत्रबाट इजाजतप्राप्त थिए । तर, जनस्वास्थ्य नियमावलीमा उल्लेख भएको मापदण्ड पूरा गरी तथा नयाँ व्यवस्था आएपछि आइभीएफ सेन्टर संचालन गर्ने नर्भिक पहिलो अस्पताल बनेको हो । 

नर्भिकले अस्पतालको मुख्य भवन नजिकै अलग्गै भवनमा आइभीएफ सेन्टरका सबै आधुनिक पूर्वाधारहरू तयार गरी परामर्श सेवा संचालन गर्दै आएको छ ।  सुविधासम्पन्न र आधुनिक आइभीएफ सेन्टरमा जेनेटिक ल्याबसहितको अत्याधुनिक उपचार सेवा उपलब्ध रहेको अस्पतालले जनाएको छ । 

नर्भिक आइभीएफ सेन्टर अत्याधुनिक जेनेटिक ल्याब भएको देशकै पहिलो र एकमात्र आइभीएफ सेन्टर पनि हो ।
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप