एप्पल वर्ल्डमा ‘भ्यालेन्टाइन डे’ अफर : मोबाइल साट्न पाइने
एप्पल वर्ल्ड मोबाइलले ‘भ्यालेन्टाइन डे’ अवसरमा नयाँ तथा पुराना मोबाइल ‘एक्सचेञ्ज अफर’ ल्याएको छ । कम्पनीले एक्सचेञ्ज अफरमा पुराना मोबाइलको उच्चतम मूल्याङ्कन गरी नयाँ मोबाइल दिने भएको हो ।
एप्पल वर्ल्ड मोबाइल दरबारमार्गस्थित मर्कन्टाइल प्लाजामा छ । प्लाजास्थित कार्यालयमा सञ्चालन हुने उक्त अफरमा १० हजारदेखि दुई लाख ७५ हजार रुपैयाँसम्मका विभिन्न ब्राण्डका मोबाइलहरू एक्सचेञ्ज तथा खरिद गर्न सकिने सो कम्पनीले जानकारी दिएको छ । कम्पनीकाअनुसार यो अफल एप्पल, सामसङ, नोकिया, साओमी, वन प्ल, भिभो, ओप्पो र कूलप्याड लगायत मोबाइलहरूमा लागू हुनेछ ।
यो अफरमा मोबाइल एक्सचेञ्ज गर्न आउने ग्राहकले नागरिकताको प्रतिलिपि अनिवार्य रूपमा ल्याउनुपर्ने एप्पल वर्ल्ड मोबाइलका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निराजन मल्लले बताए । उनले भने, ‘जोडीले नै दुई वटा मोबाइल खरीद वा एक्सचेञ्ज गर्दा मोबाइलको मूल्य अनुसार स्पीकर, हेडफोन, इयर पड लगायतका उपहारहरू निशुल्क पाउनेछन् ।’
यो अफर फागुन १ गतेदेखि एक सातासम्म सञ्चालन हुने र विभिन्न ब्राण्डका स्मार्टवाच समेत उपलब्ध हुने मल्लले जानकारी दिए । मल्लका अनुसार एकैपटक रकम भुक्तान गर्न नसक्ने सेवाग्राहीले किस्ताबन्दीमा शून्य प्रतिशत ब्याजदरमा मोबाइल तथा अन्य उपकरणहरू खरिद गर्न सक्ने छन् । साथै, ६० मिनेटभित्रै जस्तोसुकै समस्या भएका मोबाइलहरूको मर्मत गर्ने सुविधा ‘६० मिनेट फेस टू फेस सर्भिस’ पनि सेवाग्रहीले पाउने मल्लले दाबी गरे ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
पूर्वाधार निर्माण र सेवा विस्तारमा लगानी बढाउनु पर्छ : पूर्वराष्ट्रपति भण्डारी
-
रविको सुतिरहेको तस्बिर सामाजिक सञ्जालमा हाल्नेलाई प्रहरीले कारबाही गर्ने
-
वर्षा बाधक बनेपछि अनिर्णित रुपमा सकियो नेपाल र श्रीलंका बिचको खेल
-
गिरिराजमणि पोखरेललाई प्रश्न : विप्लव महिन्द्रसँगको एकता सहमति भत्किएको हो ?
-
राज्यका निकायहरूमा समानुपातिक समावेशीकरणका लागि स्पष्ट कानुन आवश्यक : न्यायाधीश मल्ल
-
विधेयक संशोधनमा प्रधानमन्त्रीको हस्तक्षेप छैन : सभापति खतिवडा