बुधबार, १९ असार २०८१
ताजा लोकप्रिय

एनएसएलले थप्यो टोली, क्लब सङ्ख्या १० पुग्यो

आइतबार, ०१ फागुन २०७८, २० : ३३
आइतबार, ०१ फागुन २०७८

खुकुरी नेपाल सुपर लिग (एनएसएल)ले क्लब सङ्ख्या बढाएको छ । गत वर्षदेखि सञ्चालनमा आएको लिगले क्लब सङ्ख्या बढाएर १० पुर्‍याएको हो ।

लिगको पहिलो संस्करणमा सात वटा क्लबले प्रतिस्पर्धा गरेका थिए । ३ क्लब थपिएपछि अब लिगको नयाँ सिजनमा १० क्लब प्रतिस्पर्धा गर्ने छन् । एनएसएलको आयोजक नेपाल स्पोर्ट्स एन्ड इभेन्ट्स म्यानेजमेन्टले झापा एफसी, स्पोर्टिङ इलाम डे मेची र वीरगन्ज युनाइटेड एफसी क्लब थपिएका हुन । यसअगि गत एनएसएलमा बिराटनगर सिटी, काठमान्डु रेन्जर्स, ललितपुर सिटी एफसी, एफसी चितवन, पोखरा थन्डर्स, बुटवल लुम्बिनी र धनगढी एफसीले प्रतिस्पर्धा गरेका थिए ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप