आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

खगराजलाई संगठन विभागबाट हटाउन महेश बस्नेतको माग

आइतबार, ०१ फागुन २०७८, २० : २३
आइतबार, ०१ फागुन २०७८

नेकपा एमालेका नेता महेश बस्नेतले पार्टी संगठन विभाग प्रमुख खगराज अधिकारीलाई संगठन विभागको जिम्मेवारीबाट मुक्त गर्न माग गरेका छन् । बस्नेतले युवा संघमा अनावश्यक हस्तक्षेप गरेको भन्दै उनलाई तत्काल पदमुक्त गर्न नेतृत्वसमक्ष माग गरेका हुन् । 

आइतबार साँझ सामाजिक सञ्जाल फेसबुकमा नेता बस्नेतले अधिकारीमाथि ७ बुँदे प्रश्न गर्दै उनी संगठन विभाग चलाउन नसक्ने पुष्टि भएको बताएका छन् । बस्नेतले लेखेका छन् :

क.खगराज अधिकारी

१) पार्टीको जन वर्गीय संगठनहरु राजनैतिक रूपमा नेकपा (एमाले) लाइन र निर्देशनमा र सांगठनिक रूपमा आफ्नै विधान र स्वायत्त ढङ्गले अगाडी बढ्ने गर्दछन् ।

२) पार्टीको सचिवालयको बैठकले जन संगठन संयोजन संयन्त्रले कार्यविधि पारित गरिसकेपछि सो सँग बाझिने गरी केन्द्रीय कमिटी र पदाधिकारी बनाउन निर्देशन गर्ने अधिकार तपाँईलाई कसले दियो ?

३) युवा संघले सचिवालयको आधिकारिक निर्णयबाट भएका फैसला र जिम्मेवारी पाएका साथीहरूलाई फरक निर्णय गर्ने जिम्मा कसले दियो ? 

४) संगठनको इन्चार्ज , अध्यक्ष समेतसँग परामर्श नगरी संगठनको बारेमा विभागको आडमा आदेश दिने न्यायपालिकीय अधिकार कसले दियो ?

५) एमाले बिरुद्ध चौतर्फी आक्रमण भइरहेको बेलामा आन्दोलनको मोर्चा सशक्त ढंगले सम्हालिरहेको युवा संघ माथि अराजकता हाबी हुने र विरोधीहरुको हौसला बढ्ने गरी फैसला किन गर्नु भयो ?

६) छोटो समयको अनुभवबाट भन्न सकिन्छ तपाई संगठन विभाग चलाउन सक्ने व्यक्ति होइन ।

७) तसर्थ क.खगराज अधिकारीलाई संगठनको जिम्मेवारीबाट तत्काल मुक्त गर्न पार्टी नेतृत्वसँग माग गर्दछु ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप