जसपाको शीर्ष नेताको बैठकमा मिलेन कुरा

जनता समाजवादी पार्टी नेपालमा देखिएको विवाद समाधानका लागि आज बसेको शीर्ष नेताको अनौपचारिक बैठक बिना कुनै सहमति सकिएको छ । दुवै पक्ष आआफ्नो अडानमा कायम रहँदा सहमति नभएको बैठकमा सहभागी एक नेताले बताए ।
छलफलमा अध्यक्ष उपेन्द्र यादव, परिषद् अध्यक्ष डा.बाबुराम भट्टराई, वरिष्ठ नेता अशोक राई, अर्को वरिष्ठ नेता राजेन्द्र श्रेष्ठ र कार्यकारिणी सदस्य महिन्द्रराय यादवको उपस्थिति थियो । बैठकमा अशोक राईले पार्टीमा देखिएका जस्तोसुकै विवाद छलफल र संवादबाट समाधान गर्न सुझाव दिएका थिए । त्यस्तै नेता महिन्द्रराय यादवले पार्टीमा अध्यक्ष यादवबाट नै नेताहरू अपमानित महसुस गरिरहेको त्यसमा सुधार गर्नुपर्ने देखिएको सुझाव दिएका थिए । अध्यक्ष भट्टराईले पार्टी लोकतान्त्रिक पद्धति र प्रक्रियाबाट चलेको छैन, यसको जिम्मेवारी अध्यक्ष स्वयंले लिनुपर्ने धारणा राखेको बैठकमा सहभागी एक नेताले बताए ।
छलफलमा अधिकांश दोष अध्यक्ष उपेन्द्र यादवमाथि नै लगाइएको थियो । पार्टीमा मनपरी गरेको आरोप अध्यक्ष यादवमाथि छ । मन्त्रिपरिषद्मा मन्त्रीहरूको नाम पठाउँदा समावेशी नभएको कारण जसपाको विषयमा टिप्पणी भइरहेको अध्यक्ष भट्टराईको टिप्पणी थियो । पार्टीमा रहेको विवादलाई समाधान गर्नुको सट्टा बैठक नै टार्न थालेको आरोप पनि अध्यक्ष यादवमाथि लगाइएको थियो ।
अध्यक्ष यादवले पार्टीमा देखिएको कमीकमजोरी सबै पक्षबाट भएको बताउँदै यसलाई सबै पक्षले मिलेर समाधान गर्नुपर्ने कुरा राखेका थिए । पार्टीको बैठक बस्नुभन्दा पहिले शीर्ष नेताहरूको बीचमा छलफल गरेर देखिएका विवाद समाधान गर्नुपर्ने अध्यक्ष यादवको प्रस्ताव थियो । अर्को बैठक कहिले बस्ने बारेमा अध्यक्षद्वय भट्टराई र यादवले गर्ने तय भएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
मोदी मौरिससकाे राष्ट्रिय दिवस समारोहमा सहभागी हुने
-
स्ववियु निर्वाचनमा विद्यार्थी संगठनहरूबिच तालमेल नहुने
-
पाथीभरामा यस वर्षकै बाग्लो हिमपात
-
महाकुम्भ स्नानका लागि गएका पूर्वप्रधानाध्यापक सिंहको सवारी दुर्घटनामा मृत्यु
-
नेपाल–भारत सीमा क्षेत्रमा एसएसबीको ज्यादती
-
एउटै वडामा तीन जलविद्युत् आयोजनाको निर्माण सुरु