मैदानमा खेलाडी बेहोस प्रकरणमा गणेश थापाले भने–एन्फाको चरम लापरबाही
अखिल नेपाल फुटबल संघ (एन्फा) का पूर्वअध्यक्ष गणेश थापाले ए डिभिजन लिगमा एन्फाको चरम लापरबाही देखिएको बताएका छन् । खेलमैदानमा डाक्टरसमेत नहुने स्थिति लज्जास्पद भएको उनको भनाइ छ ।
मच्छिन्द्र क्लबका खेलाडी मनिष डाँगी दशरथ रंगशालामा मछिन्द्र र च्यासल युथ क्लबको खेलमा शनिबार एकाएक बेहोस भएर मैदानमा ढलेका थिए। 'दुवै टिमका खेलाडीहरु अत्यन्त आत्तिदै डक्टर डक्टर भनेर कराइ रहेको र केही खेलाडीहरु रोएको हृदयविदारक दृश्य पनि देखिन्थ्यो’, शनिबार भएको घटनाबारे उनले भनेका छन्, ‘दुर्भाग्यका साथ भन्नु पर्दछ, त्यसबेलामा खेलमैदानमा डाक्टरको उपस्थिति थिएन।’
यस्तो गम्भीर अवस्थामा करिब ९ मिनेट बेहोस भएका मनिष डाँगीलाई सकुसल उद्धार गर्न सफल भएकामच्छिन्द्र क्लबका फिजियोथेरापिस्ट सुरज भुषाल तथा बिदेसी खेलाडीहरु यानिक र आन्द्रेस लगायत सबैप्रति उनले धन्यवाद दिएका छन् । एन्फाको यस्तो गम्भीर लापरवाहीप्रति सबै पक्ष गम्भीर बन्नुपर्ने उनको धारणा छ । शनिबारको खेलमा मैदानमा ढलेका मनिषको हाल अवस्था सुधारोन्मुख रहेको बताइएको छ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
महासंघ र कोरिया इम्पोटर्स एसोसिएसनबिच समझदारी
-
बलरा नगरपालिका–४ का पूर्ववडाध्यक्ष झाको निधन
-
मन्त्री भण्डारी र कोरियाली समकक्षीबिच टीआइपीएफ सम्झौतामा हस्ताक्षर
-
रवि लामिछानेको हिरासतभित्रको तस्बिर सार्वजनिक गर्नेलाई कारबाही गर्न गृहमन्त्रीको निर्देशन
-
सामाजिक सञ्जालमा देखिने शङ्कास्पद पोस्टहरू क्लिक नगर्न प्रहरीको आग्रह
-
मनाङमा जलविद्युत् आयोजना सम्पन्न गर्न सहजीकरण समिति गठन