शनिबार, १५ वैशाख २०८१
ताजा लोकप्रिय

वैद्य नेतृत्वको माओवादीका केन्द्रीय सदस्यसहित ९ जना पक्राउ

आइतबार, ०१ फागुन २०७८, १९ : ४७
आइतबार, ०१ फागुन २०७८

मोहन वैद्य नेतृत्वको नेकपा (क्रान्तिकारी माओवादी) का केन्द्रीय सदस्य कृष्णभक्त महर्जनसहित ९ जनालाई प्रहरीले पक्राउ गरेको छ । 
आइतबार साँझ ललितपुरमा मसाल जुलुस निकाल्ने क्रममा प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । पुल्चोकस्थित मन्त्री क्वार्टर आसपासमा निषेधित क्षेत्र तोडेर मसाल जुलुस निकाल्न खोजेपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो । सो क्रममा भएको झडपमा एक प्रहरी जवान समेत घाइते भएको महानगरीय प्रहरी परिसर ललितपुरका एसपी सिद्धिविक्रम शाहले जानकारी दिए । 
एमसीसीको विरोधमा क्रान्तिकारी माओवादीले मसाल जुलुस निकालेको हो । 
 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप