आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

काँग्रेस केन्द्रीय कार्यसम्पादन समिति बैठकमा नेताहरुले धारणा राख्ने क्रम जारी

आइतबार, ०१ फागुन २०७८, १९ : २६
आइतबार, ०१ फागुन २०७८

नेपाली काँग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज पनि जारी रह्यो । सभापति शेरबहादुर देउवाको सभापतित्वमा पार्टीको केन्द्रीय कार्यालय, वीपी स्मृति भवन, वीपी नगर, ललितपुरमा बसेको हो ।

आजको बैठकमा नेता रामचन्द्र पौडेल, उपसभापति धनराज गुरुङ, महामन्त्री गगनकुमार थापा, सहमहामन्त्रीहरु— फरमूल्लाह मंसुर, उमाकान्त चौधरी, महालक्ष्मी उपाध्याय ‘डिना’, भीष्मराज आङ्दम्बे, महेन्द्र यादव, किशोरसिंह राठौर, बद्री पाण्डे, जीवन परियार र सदस्यहरु— विमलेन्द्र निधि, प्रवक्ता डा. प्रकाशशरण महत, ज्ञानेन्द्रबहादुर कार्की, उमा रेग्मी र एन.पी साउदले आ–आफ्नो धारणा राखेका थिए । माघ २७ गतेदेखि जारी केन्द्रीय कार्यसम्पादन समितिको बैठक मंगलबार दिउँसो ३  बजे पार्टीको केन्द्रीय कार्यालयमा पुनः बस्ने बताइएको छ ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप