आइतबार, १६ वैशाख २०८१
ताजा लोकप्रिय

नेपालमा कोरोना संक्रमितको संख्या ११ लाख नाघ्यो

आइतबार, ०१ फागुन २०७८, १८ : ३०
आइतबार, ०१ फागुन २०७८

नेपालमा कोरोना भाइरस संक्रमितको कूल संख्या ११ लाख नाघेको छ । पछिल्लो चौबिस घण्टामा ५२१ जना नयाँ संक्रमित थपिएसँगै नेपालमा कूल कोरोना संक्रमितको संख्या ११ लाख नाघेको हो । 

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा हालसम्म ११ लाख ४७१ जनामा कोरोना संक्रमण पुष्टी भएको छ । 

संक्रमितमध्ये ९ लाख ३८ लाख ५८३ जना निको भइसकेका छन् । कोरोनाका कारण नेपालमा हालसम्म ११ हजार ८९२ जनाको मृत्यु भएको छ । 

स्वास्थ्य मन्त्रालयका अनुसार नेपालमा पीसीआर विधिबाट ५३ लाख ४० हजार १८६ र एन्टीजेन विधिबाट १० लाख १७ हजार २४८ गरी कूल ६३ लाख ५७ हजार ४३४ जनाको कोरोना परिक्षण गरिएको छ । 

विश्वमा पहिलो पटक कोरोना भाइरसको संक्रमण सन् २०१९ डिसेम्बर अन्तिम साता चीनको वुहानमा देखिएको थियो । त्यसपछि यो विश्वभर फैलिएको थियो । नेपालमा २०६६ माघ ९ गते पहिलो संक्रमित भेटिएका थिए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप