शनिबार, १२ असोज २०८१
ताजा लोकप्रिय

हेटौंडामा पनि एमसिसीविरुद्ध प्रदर्शन

आइतबार, ०१ फागुन २०७८, १८ : ००
आइतबार, ०१ फागुन २०७८

नेकपा (एकीकृत समाजवादी)मा आवद्ध जनवर्गीय संगठनहरुको आयोजनामा मकवानपुरको हेटौंडामा आइतबार एमसिसीविरुद्ध प्रदर्शन गरिएको छ ।  हेटौंडाको शीतल महल चोकबाट सुरु भएको प्रदर्शन बुद्धचोक हुँदै सीमा चोकमा पुगेर सभामा परिणत भएको हो । पार्टीको जनवर्गीय संगठनहरुको आयोजनामा देशैभर हुने एमसीसीको विरोध कार्यक्रम अन्तर्गत हेटौंडामा पनि प्रदर्शन गरिएको हो । 

सभामा युवा संघ नेपालका केन्द्रीय सचिवालय सदस्य कविन पन्तले एमसीसी कुनै हालतमा स्वीकार गर्न नसकिने बताए । अनेरास्ववियुका केन्द्रीय उपमहासचिव किशोर टण्डनले एमसीसी खारेज हुनुपर्ने बताउदै एमसीसीलाई टुंगो नलाग्दासम्म आफूहरू आन्दोलित भइराख्ने चेतावनी दिए । 

विरोध कार्यक्रममा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा मकवानपुर इन्चार्ज ललित बस्नेत, पार्टी केन्द्रीय सदस्य मुनु सिग्देल, मकवानपुर अध्यक्ष श्रीधर पोख्रेल, सचिव विष्णुप्रसाद दाहाल लगायतको उपस्थिति थियो ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप