भ्यालेन्टाइनमा टेलिकमको अफर : ४९ रूपैयाँमै एक एमबीपीएस डाटा र अनलिमिटेड कल
‘भ्यालेन्टाइन डे’को अवसरमा नेपाल टेलिकमले आकर्षक अफर ल्याएको छ । कम्पनीले फेब्रुअरी १४ मा अनलिमिटेड डाटा र अनलिमिटेड भ्वाइस अफर उपलब्ध गराउने भएको हो । यो अफर आज र भोलि गरी दुई दिन उपलब्ध हुने कम्पनीले बताएको छ ।
अफर अन्तर्गत ४९ रुपैयाँमा एक एमबीपीएस अनलिमिटेड डाटा २४ घण्टा र कम्पनीको नेटवर्कभित्र अनलिमिटेड भ्वाइस सेवा उपलब्ध हुनेछ । यसका लागि ‘स्टार १४१५ स्टार ११ ह्यास ट्याग ११’ डायल गरी वा ‘नेपाल टेलिकम एप’ प्रयोग गरी सो सुविधा खरिद गर्न सकिने कम्पनीले बताएको छ ।
यसैगरी नेपाल टेलिकमले हालै व्यावसायिक सञ्चालनमा ल्याएको भ्वाइस ओभर एलटीई अर्थात भोल्टी सेवामा भ्यालेन्टाइन डेकै अवसरमा फागुन २ गते कम्पनीको नेटवर्कभित्र भोल्टी कल निःशुल्क प्रदान गरेको छ ।
साथै, भ्यालेन्टाइन डे कै अवसरमा फागुन २ गते एमपोसबाट गरिने २०० देखि ४९९ रुपैयाँसम्मको रिचार्जमा ५१२ एमबी डाटा र ५०० रुपैयाँ वा सोभन्दा माथिको रिचार्जमा १०२४ एमबी डाटा बोनसको रुपमा निःशुल्क उपलब्ध हुनेछ ।
खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
प्रतिक्रिया
भर्खरै
-
जिल्ला भूमि आयोग गठनले पायो पूर्णता, थप ६ जिल्लाका अध्यक्ष नियुक्त
-
रवि लामिछाने सहित १४ जनालाई प्रतिवादी कायम गरेर प्रहरीले बुझायो सहाराको अनुसन्धान प्रतिवेदन
-
गायिका मेलिना राईले गरिन् विवाह
-
माधव र वामदेवको एकतामा नेता ‘व्यवस्थापन’ बाधक
-
‘सार्वजनिक सेवा प्रसारण ऐन सार्वजनिकभन्दा पनि सरकारको विभाग जस्तो भयो’
-
सरदरभन्दा कम वर्षा भएकाले हिउँदे बालीमा सिँचाइको व्यवस्थापन गर्न आग्रह