शुक्रबार, ०७ वैशाख २०८१
ताजा लोकप्रिय

‘डे वान’ देखि नै गठबन्धन भत्काउने षड्यन्त्र जारी छ : प्रचण्ड

आइतबार, ०१ फागुन २०७८, १७ : ३७
आइतबार, ०१ फागुन २०७८

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रतिगामी शक्तिहरु सत्ता गठबन्धन भत्काउन मरिमेटेर लागिरहेको बताएका छन् ।  आइतबार २७ औं जनयुद्ध दिवसका अवसरमा जनकपुरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले संविधान, राष्ट्रियता र गणतन्त्रको रक्षाका लागि बनेको गठबन्धन भत्काउन प्रतिगामी सोच भएकाहरु गठबन्धन उल्ट्याउन लागिरहेको बताएका हुन् ।

उनले गठबन्धन बनाउँदा कुनै सर्त नराखेको भन्दै त्यसमा अहिले पनि आफुहरु दृढ रहेको बताए ।  ‘केही तत्वहरु अहिले पनि यो गठबन्धन उल्ट्याउने, हुन लागेको निर्वाचन प्रक्रिया कुनै तरिकाले डिरेल गर्ने र वातावरणलाई धमिलो पार्ने कोशिस भएको छ’, अध्यक्ष प्रचण्डको भनाइ छ ।  उनले कहीँ कतैबाट मधेसी जनताका विरुद्ध कुनै प्रकारका षड्यन्त्र भए भने ती षड्यन्त्र रोक्न मधेसी जनताले कुनै कसर बाँकी नराख्ने विश्वास व्यक्त गरे ।

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप