मङ्गलबार, ०१ जेठ २०८१
ताजा लोकप्रिय

नेकपा (एकीकृत समाजवादी) द्वारा एमसिसीविरुद्ध बुटवलमा प्रदर्शन

आइतबार, ०१ फागुन २०७८, १७ : ३३
आइतबार, ०१ फागुन २०७८

नेकपा (एकीकृत समाजवादी) रुपन्देहीले बुटवलमा एमसिसीविरुद्ध प्रदर्शन गरेको छ । सो पार्टीले आइतबार विरोध प्रदर्शन गरेको हो । सो पार्टीका कार्यकर्ताहरूले एमसीसी चाहिँदैन, राष्ट्रिय स्वाभिमानको रक्षा गरौँ, एमसीसी खारेज गरौँ, ब्याक एमसीसी, वैदेशिक हस्तक्षेप मुर्दावादलगायत नारा लेखिएका प्लेकार्डसहित प्रदर्शन गरेका थिए ।

विरोध प्रदर्शनलाई सम्बोधन गर्दै नेकपा एकीकृत समाजवादीका केन्द्रीय सदस्य तथा रुपन्देही अध्यक्ष राजु गुरुङले एमसीसी सम्झौता राष्ट्रिय हितमा नभएको भन्दै लागू गर्न नमिल्ने बताए । उक्त सम्झौता राष्ट्रविरुद्ध भएको  भन्दै उनले कुनै पनि हालतमा स्वीकार्न नसक्ने बताए । 

खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?

प्रतिक्रिया

लेखकको बारेमा

रातोपाटी संवाददाता
रातोपाटी संवाददाता

‘सबैको, सबैभन्दा राम्रो’ रातोपाटी डटकम। 

लेखकबाट थप